ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने


abc news
१ असार २०८२, आइतबार   १० : ४३   बजे

काठमाठौ १ असार । नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशमा बिजुली निर्यात शुरु गरेको छ । अबको पाँच महिना अर्थात् आउँदो कात्तिक २९ सम्म हरेक दिन ४० मेगावाटका दरले बङ्गलादेशमा बङ्गलादेशमा निर्यात गरिने प्राधिकरणले जनाएको छ ।

नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्ने गरी २०८१ असोज १७ मा त्रिपक्षीय सम्झौता भएको थियो । शनिवार राति १२ बजेबाट बङ्गलादेशतर्फ विद्युत् निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ भने यसअघिदेखि नै निर्यात शुरु भइसकेको छ । हिउँदमा नेपालमा विद्युत् कम उत्पादन हुने भएपछि बर्खामा मात्रै निर्यात गर्ने सम्झौता छ । भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेशमा नेपालले विद्युत् निर्यात गर्ने सम्झौता पत्रको अवधि पाँच वर्षको छ ।

नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० बीच भएको सम्झौताअनुसार दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरिन्छ । त्यसबापत नेपालले प्रतियुनिट ६ दशमलव ४० सेन्ट पाउनेछ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पु¥याउनेछ । प्रसारणलाइन प्रयोग गर्न दिएबापत भारतले बङ्गलादेशबाट निश्चित शुल्क पाउनेछ । विद्युत् निर्यात गरेबापत पाँच महिनामा प्राधिकरणले ९४ लाख डलर आम्दानी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group