ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको विकासमा भारत सबै किसिमको सहयोग गर्न तयार छ – भारतीय राजदूत सिंह पुरी


admin
१४ चैत्र २०७४, बुधबार   ७ : ५२   बजे

काठमाडौँ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रियता र समानतालार्ई सर्वोपरि राखी सरकारले मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ गर्ने बताउनुभएको छ ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझ बढी सुदृढ बनाउने र प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन लागेको भारत भ्रमणका बेला राष्ट्रहितका लागि उठाउनु पर्ने मुद्दाहरुका बारेमा आज नेपाल भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकारले झण्डै तीन चौथाइ जनमत प्राप्त गरेको र अब देशमा राजनीतिक स्थीरता आएकाले जनअपेक्षा अनुरुप सरकार पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीतिमा अधि बढ्छ भन्नुभयो ।

उहाँले नेपाल र भारतबीच असल छिमेकीको सम्बन्ध अझ विस्तार गरिने बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि विदेशमा रहेका देशका राजदूतावासलाई आर्थिक कूटनीतिकका माध्यमबाट लगानी भित्रयाउन परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीले नेपालको विकासमा भारत सबै किसिमको सहयोग गर्न तयार छ भन्दै नेपालले जलविद्युत्,पर्यटन र लगानीमैत्रीमा जोड दिनुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा वत्ताहरुले प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपालको भारतसँगको व्यापार घाटा कम गर्न, जलविद्युत् पर्यटन र उद्योगक्षेत्रमा भारतीय लगानी बृद्धि गर्ने बारेमा आपसी छलफल गरिनुपर्ने सुझाब दिनुभएको थियो ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी,नेकपा(माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेल,नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय,सांसद ह्रदयेस त्रिपाठी, नेत्री हिसिला यमी,डा सुन्दरमणि दिक्षितले नेपाल र भारतबीच जनस्तरमा रहेको प्रगाढ आर्थिक,सामाजिक,साँस्कृतिक र धार्मिक सम्बन्धबारे चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu