ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली, देउवा र दाहाललाई संन्यास लिन शर्माको आग्रह


abc news
२ असार २०८२, सोमबार   ३ : ३१   बजे

काठमाडौ २ असार । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले तीन शीर्ष नेतालाई संन्यास लिन आग्रह गरेका छन् ।

देशले राम्रो अभिभावक खोजिरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई २०८३ मा सन्यास लिन पनि आग्रह गरे ।

‘यो देशलाई सिंगो राष्ट्रको राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको जरुरी छ । २०८३ साल यसका लागि सुखद साल हुन सक्छ,ु झापा मेचीनगरस्थित धुलाबारी खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकी शिलान्यास गर्न गृहनगर आइपुगेका शर्माले भने, ु०८३ मा तीन संन्यास( तीन अभिभावक हुन सक्ने गरी त्यो अवधारणा बन्न सक्यो र त्रय नेताले पनि स्थापित भएर गरिदिनुभयो भने नागरिकमा पनि आशा र उत्साह बढ्छ,’ उनले भने ।

कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले पार्टीको आगामी महाधिवेशनमार्फत सभापति परिवर्तन हुने बताएका छन् । नेपाली कांग्रेसको विधानमै यससम्बन्धी स्पष्ट व्यवस्था रहेको बताउँदै उनले आगामी सभापति को बन्ने रु भन्ने विषयमा समेत छलफल र बहस चलिरहेको बताए । ‘अब हामी अर्को सभापति बनाउँदै गर्दा को बन्ने भन्ने पनि हाम्रो छलफल बहसका विषय छन् । हामी परिवर्तनमा जान्छौं,’ उनले भने ।

मेचीनगर–९ स्थित पशुपति गाउँमा बन्न लागेको ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकी उनले शिलान्यास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group