ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडामा चलिरहेको जी–सेभेन बैठक छाडेर अमेरिकी राष्ट्रपति ट्रम्प स्वदेश फर्किँदै


abc news
३ असार २०८२, मंगलबार   १२ : ५३   बजे

काठमाडौ ३ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्यानडामा चलिरहेको जी–सेभेन बैठक छाडेर स्वदेश फर्किँदै हुनुहुन्छ । आर्थिक रूपमा सबल देशहरूको समूह जी–सेभेनको महत्त्वपूर्ण शिखर बैठक छोडेर उहाँ फर्किन लाग्नुभएको हो ।

मध्यपूर्वमा इरान र इजरायलबीच युद्धले चर्किएको तनावका माझ ट्रम्प स्वदेश फर्किन लागेसँगै विकसित घटनाक्रमबारे थप चासो बढेको छ ।

यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा इरानको राजधानी तेहरान छाडेर जान नागरिकलाई आह्वान गर्नुभएको थियो । अमेरिकाले आफ्ना थप सैन्य त्यस क्षेत्रमा परिचालन गर्न लागेको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा अमेरिकी रक्षा अवस्थालाई थप सुदृढ पार्न चाहेको बताउनुभएको छ ।

जी–सेभेनमा नेताहरूले विश्व व्यापार अनि युक्रेनविरुद्ध रुसी आक्रमणजस्ता विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी गर्न चाहेका थिए तर उहाँ पूर्व निर्धारितभन्दा एक दिनअघि नै वाशिङ्टन फर्किने भएपछि शिखर सम्मेलन छायाँमा परेको छ ।

जी–सेभेन समूहमा अमेरिका, बेलायत, क्यानडा, इटली, फ्रान्स, जर्मनी र जापान छन् । साथै भारत, अस्ट्रेलिया र ब्रजिलका नेताहरूलाई पनि आगन्तुकका रूपमा निम्त्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group