ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरण: कम्बोडियामा पक्राउ परेका भण्डारीलाई केही दिनमै नेपाल ल्याइने


abc news
३ असार २०८२, मंगलबार   ६ : २२   बजे

काठमाडौ ३ असार । मितेरी सहकारी ठगीका आरोपित ज्योतीबहादुर भण्डारीलाई केहीदिनमै नेपाल ल्याइने भएको छ। कम्बोडियामा अर्कै मुद्दा खेपिरहेका भण्डारी त्यहाँबाट छुट्न लागेको र छुट्नासाथ नेपाल फर्काउने तयारी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ।

सोही आरोपमा अनुसन्धान गर्न भण्डारीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिसकिएको थियो। यस्तै कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी ज्योती गुरुङविरुद्ध पनि नोटिस जारी भएको छ। तर उनी भने अहिलेसम्म पक्राउ परेकी छैनन्।

भण्डारी भने केही महिना पहिले नै कम्बोडियामा पक्राउ परेका थिए। उक्त मुद्दामा छुट्न लागेकाले इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले यो मुद्दाको अनुसन्धान गरिरहेको छ। यसअघि कांग्रेस उपसभापति गुरुङसँग पनि दुई पटक सोधपुछ गरेको थियो। गुरुङले पनि मितेरी सहकारीबाट ऋण लगेको भेटिएको छ। सहकारीमा ब्याज पनि उनले तिरेको भेटिएपछि प्रहरीले सोधपुछ गरेको थियो।

तर गुरुङले भने सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको र ज्योती गुरुङसँग पनि सम्बन्ध विच्छेद भइसकेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group