ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह


abc news
३ असार २०८२, मंगलबार   ६ : २९   बजे

काठमाडौ ३ असार । इजरायलसँग युद्धविरामका लागि पहल गरिदिन इरानले खाडीका तीन वटा देश– ओमान, कतार र साउदी अरेबियालाई आग्रह गरेको छ ।

शुक्रवारदेखि आक्रमण र प्रत्याक्रमणको शृङ्खला चलेपछि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सपसँग छलफल गरिदिन आग्रह गरेको इरानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यी तीन देशहरूले पनि अमेरिकासँग नजिकको सम्बन्ध राख्छन् ।

इरानले इजरायल तत्काल युद्धविरामका लागि तयार भए अमेरिकासँगको परमाणु कार्यक्रमसम्बन्धी सम्झौतामा थप लचकता अपनाउने प्रतिबद्धता पनि व्यक्त गरेको रोयटर्सले जनाएको छ ।

परमाणु हतियारसम्बन्धी सम्झौताका लागि ट्रम्पले दिनुभएको अन्तिम समयसीमा सकिनासाथ इजरायलले इरानमाथि आक्रमण शुरू गरेको थियो । इजरायलको पहिलो दिनको आक्रमणपछि ट्रम्प आफैँले पनि इरानलाई परमाणु कार्यक्रमबारे वार्ता र सहमतिका लागि बारम्बार आह्वान गरिरहनुभएको छ ।

इजरायलले पाँच दिनको आक्रमणमा परमाणु संरचना, हतियार कारखाना, आणविक वैज्ञानिकदेखि उच्च सैन्य अधिकारीहरूको समेत हत्या गरेर इरानी सेनाको व्यवस्थापन नै धराशायी बनाइदिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेको बताउनुभएको छ । जी–सेभेन शिखर सम्मेलनबाट फर्कने क्रममा एअर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले युद्धविरामको अपेक्षा नगरेको तर आफूहरू युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेको बताउनुभएको बीबीसीले जनाएको छ । पत्रकारहरूले युद्धविरामभन्दा राम्रो के हुन्छ भनेर सोध्दा उहाँले वास्तविक अन्त्य चाहेको बताउनुभयो ।

ट्रम्प मध्यपूर्वको समस्या समाधान गर्न र युद्धविरामको पहलका लागि जी–सेभेनको बैठक बीचमै छाडेर वाशिङ्टन फर्कनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group