ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानका सेना प्रमुख ह्वाइट हाउस पुग्नुअघि ट्रम्पलाई मोदीको फोन


abc news
४ असार २०८२, बुधबार   ११ : १९   बजे

काठमाडौ ४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बुधबार बिहान अमेरिकाका राष्ट्रपति ट्रम्पलाई फोन गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै राष्ट्रप्रमुखले करिब ३५ मिनेट कुराकानी गरे।

यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आतंकवादको मुद्दा उठाए। अपरेसन सिन्दूरका विषयमा छलफल भयो।

भारतका विदेश सचिव विक्रम मिश्रीले भिडिओ सेयर गर्दै यो जानकारी दिएका हुन्।

प्रधानमन्त्री मोदी हाल जी(७ शिखर सम्मेलनका लागि क्यानडामा छन्।

ट्रम्प पनि यस शिखर सम्मेलनका लागि त्यहाँ पुगेका थिए, तर इजरायल र इरानबीच द्वन्द्व बढेपछि उनी बीचैमा फर्किएका थिए।

यसैबीच भारतका प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुरा गरेका हुन्।

विदेश सचिव विक्रम मिश्रीले जी(७ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुने तय भएको थियो।

तर ट्रम्प बीचमै फर्किएकाले भेटवार्ता हुन सकेन। यसपछि उनीहरूबीच आज फोनमा कुराकानी भएको भारतका विदेश सचिव मिश्रीको भनाइ छ।

पाकिस्तानका सेना प्रमुख असिम मुनिर आजै अमेरिकाका राष्ट्रपति ट्रम्प भेट्न ह्वाइट हाउस जाँदै छन्।

त्यसअघि ट्रम्प र मोदीबीच फोनमा कुराकानी भएको हो। त्यसैले यसलाई महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu