ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ- रास्वपा


abc news
४ असार २०८२, बुधबार   ५ : ३०   बजे

काठमाडौ ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा पीडित भएका २ हजार बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएको कोही छरुु भनेर आह्वान अभियान चलाएको र उक्त अभियानमार्फत प्रमाणसहित २ हजार नेपाली सम्पर्कमा आएका छन्।

भिजिट भिसाको दुरुपयोग मार्फत मानव तस्करी जस्तो सङ्गठित अपराध विकराल समस्या हो। यसको समाधानको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सङ्गठन र समाज मार्फत यो समस्याको निराकरण र संलग्नहरूलाई कानुनी कारबाहीको लागि माग राखेको सबैलाई जानकारी नै छ, झाले भने, यही क्रममा गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने, कृपया प्रमाणसहित सम्पर्कमा आउनुस् भनेर आह्वान गरेर अभियान चलाएका थियौँ। त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो।

उनले सम्पर्कमा आएकाहरूलाई सम्बन्धित सरकारी तथा संवैधानिक नियोगहरूमा जान सुझाएको पनि बताए। त्यस्तै रास्वपाले गृहमन्त्रीले सदनमा बोल्दा नक्कली उजुरी दिन लगाएको भनेर विषयान्तर गर्न खोजेको आरोप पनि लगाएको छ।

ुरास्वपाले यसलाई बिषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छुउनले भने।

त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिने काम भइरहेको भनेर समाचार सार्वजनिक भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य पत्ता लगाउन सांसद चन्दा कार्की भण्डारीको नेतृत्वमा वरिष्ठ अधिवक्ता डा नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य रहेको समिति गठन गरिएको उनले जानकारी दिए।

भिजिट भिसा र मानव तस्करी संगठित अपराध भएको र रास्वपा त्यसको विरुद्धमा आन्दोलन गरिरहने झाले बताए।

ुहामीले पटक पटक भनेकै छौँ। हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दै छौँ। यसमा विगतका गृहमन्त्रीहरू सबैको छानबिन गरौँ भनेका छौँ,ु उनले भने, ुहाम्रो मुद्दा कोही एक दल र नेता प्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group