ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङ्जामा आफ्ना दुई नेतामाथि कांग्रेसका वडाध्यक्षले रड हानेको विषयमा बोल्यो रास्वपा


abc news
५ असार २०८२, बिहिबार   १ : ३४   बजे

काठमाडौ ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको घटनाको निन्दा गरेको छ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले आँधीखोला संरक्षण अभियान चलाएका रास्वपा केन्द्रीय सदस्य मेघ आले र कन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि रड प्रहार गरिएको घटनाको भर्त्सना गरेको हो।

यस्ता घटनाले पार्टीलाई विचतलिन नगर्ने बरू अझै दृढताका साथ जनताको पक्षमा आवाज उठाउँदै अघि बढ्ने रास्वपाले जनाएको छ।

घटनामा संलग्न सबै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न पार्टीले सम्बन्धित निकायसँग आवश्यक पहल गर्नेछ। त्यस्तै, घाइते साथीहरूको उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न पार्टीले आवश्यक सम्पूर्ण कदमहरू चालेको जानकारी गराइन्छ,’ रास्वपाले भनेको छ।

स्याङ्जाको वालिङ नगरपालिका– १० का वडाध्यक्ष सुनिल खनालले आले र नेपालमाथि मंगलबार आक्रमण गरेका थिए।

आँधिखोलामा दोहन भएको भन्दै विरोध गरेपछि आफूहरूमाथि ज्यान मार्ने उद्धेश्यले रड प्रहार भएको दिनकरले बताएका छन्।

घटनापछि उनीहरूले प्रहरीमा उजुरी पनि दिएका छन्। स्याङ्जा प्रहरीले वडाध्यक्ष खनालसँगै कुटपिटमा सहभागी भएका वालिङ नगरपालिका– ८ का साजन पंगेनी पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group