ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथि आक्रमणको तयारीमा अमेरिका, विमान र युद्धपोत सो क्षेत्रमा पठाइयो


abc news
५ असार २०८२, बिहिबार   ३ : ५२   बजे

काठमाडौ ५ असार । ‘म गर्न पनि सक्छु, नगर्न पनि सक्छु। म के गर्छु, कसैलाई थाहा छैन।’

इरानमाथि हमला गर्ने तयारीमा हो भनेर सोध्दा बुधबार डोनाल्ड ट्रम्पले यस्तो जवाफ दिएका थिए।

त्यसयता ट्रम्पले इरानमाथि हमलाको योजनालाई अनुमोदन गरिसकेको तर कतै इरान आणविक कार्यक्रम छाड्न तयार भइहाल्छ कि भनेर पर्खिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्।

इरानले भने दबाबमा संवाद नगर्ने स्पष्ट पारेको छ।

जे होस्, अमेरिका इरानमाथि आक्रमणको सँघारमा पुगिसकेको देखिन्छ र यसका लागि उसले तयारी पनि तीव्र पारेको छ।

सोमबार दक्षिण चीन सागरमा रहेको यूएसएस निमित्ज नामक विमानवाहक युद्धपोतलाई अमेरिकाले मध्यपूर्वतिर पठाएको छ। सो क्यारिअर स्ट्राइक ग्रुपमा विमानवाहक जहाजका अलावा तीनवटा डेस्ट्रोयर पनि छन्।

इरान छेउछाउ यसअघि नै अर्को विमानवाहक जहाज पुगिसकेको छ। त्यस्तै लडाकु विमानमा इन्धन भर्न प्रयोग गरिने विमानहरू ३० वटा युरोप पुगिसकेका छन्। अब एफ(२२ र एफ(३५ लडाकु विमान पनि पठाउने चर्चा छ।

२०१६ देखि २०१९ सम्म अमेरिकी सेनाको मध्यपूर्व हेर्ने सेन्ट्रल कमान्डका कमान्डर रहेका अवकाशप्राप्त चार तारे जनरल जोसेफ वोटेलले अमेरिकाले सम्भवतः चार वा पाँच बी२ बमवर्षक विमानलाई डिएगो गार्सिया पुर्‍याउने बताए।

जेरुसलेमस्थित अमेरिकी दूतावासले बुधबार अमेरिकी नागरिकहरूलाई इजरायलबाट निकाल्ने योजना सार्वजकि गरेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group