ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाफिया विधेयक पुनर्लेखन नगर्ने अडानमा अर्थ मन्त्रालय


abc news
५ असार २०८२, बिहिबार   ६ : ३०   बजे

काठमाडौ ५ असार । अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया० संशोधन गर्न बनेको विधेयक पुनर्लेखन नहुने अडान लिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुनर्लेखन गर्नुपर्ने मनसाय राखेपछि अर्थले त्यसो नहुने स्पष्ट पारेको हो ।

अर्थ समितिमा छलफल क्रममा रहेको बाफिया विधेयकलाई सरोकारवालाले पुनर्लेखन गर्न सुझाएका थिए । सोही आधारमा समितिका सदस्यले पनि छलफलका क्रममा पुनर्लेखन आवश्यक रहेको तर्क राख्दै आएका थिए ।

सांसदहरूले नै पुनर्लेखन गर्न आवश्यक रहेको भन्न थालेपछि समितिले अर्थ मन्त्रालयसँग औपचारिक राय मागेको थियो । समितिले राय मागेपछि अर्थ मन्त्रालयले पत्राचार गर्दै बाफिया विधेयक पुनर्लेखन नहुने स्पष्ट पारेको हो ।

केही बैंकर तथा व्यवसायीले बाफियाको विरोध गर्दै पुनर्लेखन हुनुपर्ने बताउँदै आएका थिए । पुनर्लेखन भएको खण्डमा बैंक र व्यवसायी छुट्याउने प्रस्ताव हटाउन पुनर्लेखन गर्नुपर्नेमा उनीहरूले नै जोडबल गर्दै आएका छन् । त्यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि व्यवसायी र बैंकर छुट्याउने विषयमा अडान लिएसँगै विधेयक उपरको छलफल अघि बढ्ने भएको हो ।

संसद्मा दर्ता बाफिया विधेयकमा १ सय २७ सांसदको संशोधन प्रस्ताव परेको छ । त्यसरी सांसदले राखेको कुल संशोधनमध्ये करिब ५१ प्रतिशत परिभाषा खण्डमा सुधार गर्नुपर्ने प्रस्ताव छ । त्यो पनि सम्बद्ध अधिकारी र अधिक स्वामित्वको परिभाषा परिवर्तन गर्नुपर्ने प्रस्ताव सांसदको छ ।

बाफिया विधेयक परिभाषा खण्डमा सम्बद्ध अधिकारी र अधिक स्वामित्वको दायरा फराकिलो बनाइएको छ । त्यसले नै बैंकर र व्यवसायीलाई छुट्याउने छ ।

सम्बद्ध व्यक्ति र अधिक स्वामित्व लिएको व्यक्तिले सम्बन्धित संस्थाबाट कर्जा लिन पाउँदैन । त्यसमा पनि बैंकसम्बद्ध अधिकारी वा अधिक स्वामित्व भएको व्यक्तिले व्यक्तिगत कर्जामात्र लिन सक्ने व्यवस्था छ । त्यसैगरी व्यावसायिक कर्जाका लागि दवै खालका व्यक्तिले संस्थासँग सम्बन्ध तोड्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu