ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युराेपेली विदेश मन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्दै


abc news
६ असार २०८२, शुक्रबार   ४ : २९   बजे

काठमाडौ ६ असार । आज स्विट्जरल्यान्डको जेनेभामा युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराघचीसँग भेट गर्दैछन् । इरान र इजरायलबीचको सङ्कट कम गर्ने प्रयासका रूपमा बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने बीबीसीले जनाएको छ ।

यदि बैठकहरू योजना अनुसार भएमा इजरायलले एक हप्ताअघि इरानमाथि आक्रमण गरेपछि इरान र पश्चिमी सरकारहरूबीचको यो पहिलो प्रत्यक्ष वार्ता हुनेछ ।

ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सामेल हुने कि नहुने भन्ने निर्णय आउँदो दुई हप्तामा गर्ने बताएपछि युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्न लागेका खबरमा उल्लेख छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले यस विषयमा वार्ताका लागि प्रशस्त अवसर रहेको विश्वास गर्नुभएको बताउनुभयो ।

यसैबीच इजरायल र इरानबीच सातौं दिन पनि गोलीबारी चलिरहेको छ । इजरायली सेनाले इरानमा रहेको मिसाइल उत्पादन स्थलहरूसहित दर्जनौं पूर्वाधारहरूमा आक्रमण गरेको बताएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईए ले अरक शहर नजिकै रहेको इरानी आणविक स्थलमा इजरायलको आक्रमणबाट प्रमुख भवनहरू क्षतिग्रस्त भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu