ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश


abc news
६ असार २०८२, शुक्रबार   ७ : ००   बजे

काठमाडौ ६ असार । कसैले स्रोत प्रमाण खुलाउन नसकेको वन्यजन्तुको कुनै अंग आखेटोपहार राखेको भेटिए जफत गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ।

अभियन्ता कुमार पौडेलले २०७५ साल जेष्ठ २ गतेमा दर्ता गरेको रिट निवेदनमा मिति २०८० जेष्ठ १६ मा फैसला भएको र हालै त्यसको प्रकाशित पूर्ण पाठमा अदालतले यस्तो आदेश जारी गरेको छ।

पौडेलले आफ्नो निवेदनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले गैर कानुनी भनि घोषणा गरे पनि देशका प्रतिष्ठित व्यक्तिहरूले बाघ, हात्ती, चितुवा जस्ता विभिन्न जनावरको छाला, हाडलगायतका अङ्गहरू प्रतिष्ठासँग जोडेर घर तथा कार्यालयमा सजाइराखेको र आम सञ्चार माध्यममा समेत देखाउने गरेको तर सरकारले त्यसलाई अन्देखा गरेको बताएका थिए।

न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण पाठमा सरकारलाई २०२९ को राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन लागु हुनु भन्दा अघिका ओखटपहार दर्ता गरी विशेष चिह्य प्रदान गर्नु र त्यस पछिका सङ्ग्रहित वन्यजन्तुको अङ्ग कतै भेटिएमा जफत गर्नू भनेको छ। यस्तो गर्नका लागि राजपत्रमा सार्वजनिक सूचना प्रकाशन गर्न इजलासले आदेश गरेको छ।

‘सम्मानित सर्वौच्च अदालतले गरेका फैसला कानुन सरह लागू हुने हुदाँ सरकारले फैसला कार्यान्वयनका लागि इजलासले भने अनुसारको सूचना तुरुन्तै जारी गर्नुपर्ने देखिन्छ’, वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए।

‘त्यस्तै सूचना जारी भइसकेपछि दर्ता हुन नआएका आखेटोपहारकोसँग कहाँ छ भनेर खोजविन गर्नु पनि सरकारको दायित्व हुन गएको छ,’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनका साथै नेपाल पक्ष राष्ट्र रहेको वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी महासन्धिमा पनि लोपउन्मुख वन्यजन्तुको संरक्षणको प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group