ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालन – कालीगण्डकी करिडोर अवरुद्ध


abc news
७ असार २०८२, शनिबार   १२ : ३९   बजे

काठमाडौ ७ असार । पहिरोले अवरुद्ध गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

चन्द्रकोट गाउँपालिका–७ सिस्ने भीरमा सडकमाथिबाट खसेको ढुङ्गासहितको पहिरो केही भाग पन्छाएपछि गएरातिदेखि सडक आंशिकरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ । हिजो दिउँसोपछि सडक पूर्णरुपमा अवरुद्ध थियो ।

यस्तै गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध छ । कालीगण्डकी गाउँपालिका–१ गरगरेमा पहिरो खसेपछि दुई दिनदेखि यो सडक बन्द भएको हो । सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पहिरोले गुल्मीको चन्द्रकोट गाउँपालिकामा चार घरपरिवार विस्थापित भएका छन् । चन्द्रकोट गाउँपालिका–१ सराङ्मा हिजो बेलुका घर माथिबाट पहिरो खसेपछि चार वटा घर उच्च जोखिममा परेका हुन् ।

घर जोखिममा परेपछि विस्थापित परिवार स्थानीय र आफन्तकोमा आश्रय लिएर बसेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group