ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म कसैले नमानेपछि आफैँ सभापति भएँ- रवि लामिछाने


abc news
७ असार २०८२, शनिबार   १२ : ५१   बजे

काठमाडौ ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टी गठनका बेला आफूले सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म विभिन्न व्यक्तिलाई नेतृत्व गरिदिन बिन्ती गर्दा पनि कसैले नमानेपछि आफू सभापति बनेको दाबी गरेका गरेका छन्।

पार्टीको तेस्रो स्थापना दिवसका दिन असार ७ गते भैरहवा जेलबाटै लिखित सन्देश जारी गर्दै रविले उक्त कुरा खुलाएका हुन्।

‘सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेशरी शाहसम्म, यस्ता कैयौँ व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ। कसैले विश्वास नगरेपछि मात्रै म आफैँ सभापति भएर पार्टी दर्ता गरेको हुँ’, उनले सन्देशमा लेखेका छन्, ‘पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस् वा कम्तीमा पनि उम्मेदवार बनिदिनुस् भनेर कैयौँ ढोकाहरू ढकढक्याएँ। तर, मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो, धेरैले मानेनन्।’

यस क्रममा सभापति लामिछानेले जनताले रास्वपालाई चौथो ठूलो पार्टी बनाएको उल्लेख गर्दै करिब ११ प्रतिशत समानुपातिक मत पाएको स्मरण पनि गरेका छन्।

‘नयाँले पनि के नापेरु’ प्रश्नमा उनले भनेका छन्, ‘हो, अपेक्षा गरेजति नभएको पक्कै होला तर म सोध्न सक्छु– परिवर्तनका लागि जनताले दिएको मत पार्टी सभापतिका रूपमा रवि लामिछानेले व्यापारी र माफियालाई बेच्यो तरु समानुपातिक मत भनेको नेतालाई बेचेको मतजस्तो बुझिन्थ्यो। नेताले या परिवार, नातागोता र दासहरूलाई सांसद बनाउँथे या व्यपारीलाई बेच्थे। त्यसै गर्‍यो त रास्वपालेरु प्रत्यक्षमा जस्तै रास्वपाले आफूले पाएको समानुपातिक मतमा पनि जनताका सबैभन्दा प्रतिबद्ध प्रतिनिधि छान्यो। म गर्वका साथ सोध्न सक्छु– एसिड आक्रमणमा परेकी विन्दबासिनी कंसाकारलाई कहिल्यै संसद्‌मा लैजान्थे यिनीहरूलेरु’

उनले अगाडि लेखेका छन्, ‘परदेश छोडेर फर्किएकी सुमना श्रेष्ठ यिनीहरूको पार्टीमा कहिल्यै अटाउने थिइन्रु स्थापित भनिएकाहरूले कहिले दिन्थे मनीष झा र सन्तोष परियारहरूलाई पालोरु देशको अर्थतन्त्र जर्जर हुँदासमेत डा। स्वर्णिम वाग्लेजस्तो विश्वले मानेको अर्थविद्लाई लत्याएकाले कहिले चिन्थे डा। चन्दा कार्कीहरूरु यिनीहरूले कहिल्यै प्रत्यक्ष निर्वाचनमा उतार्थे त तोसिमा र सोबिताजस्ता भर्भराउँदा युवालाईरु माफियालाई टिकट बेच्नेहरूले कहिल्यै मौका दिन्थे त हरि ढकालहरूलाईरु मन्त्री बनाउँथे त विराजभक्त श्रेष्ठ, शिशिर खनालजस्ता क्षमतावान् युवालाईरु’

वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनीतिक दलभित्र रहेको विकृति–विसंगति सम्बोधन गर्ने गरी आफूहरूले नयाँ पार्टी बनाएको जिकिर उनले गरेका छन्।

लामिछानेले अगाडि भनेका छन्, ‘आज रास्वपाबिनाको प्रतिनिधिसभा कल्पना पनि गर्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group