ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा गणेशमान सिंहको अपमान गरेको भन्दै सहरी विकासमन्त्रीलाई माफी माग्न आग्रह


abc news
८ असार २०८२, आइतबार   ४ : २९   बजे

काठमाडौ ८ असार । नेकपा एकीकृत समाजवादी का सांसद प्रकाश ज्वालाले सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्वर्गीय गणेशमान सिंहको अपमान गरेको टिप्पणी गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गणेशमानको नाममा करिब ५७ करोड बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए। उत्पादनमूलक र युवाहरूलाई रोजगारी दिने कार्यक्रममा नभई अनुत्पादक संरचनाहरू बनाउने नाममा प्रकाशमानले गणेशमानको बदनाम गरेको ज्वालाको भनाइ छ।

‘आज सहरी विकास मन्त्रालयको पनि विषय रहेछ, परिभाषा अनुसारकै काम गरिरहेको छैन सहरी विकास मन्त्रालयले,’ ज्वालाले भने, ‘आफ्ना रुचिका, आफ्ना आसेपासेका लागि, आफ्ना वरिपरिका मान्छेहरूका लागि कहाँ–कहाँबाट घुमाएर पैसा हाल्न सकिन्छ, जुनसुकै शीर्षकमा पनि योजनाहरू थुपारेर आफ्ना भरौटेहरूलाई पाल्ने, पोस्ने र बिचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको छ, सहरी विकास मन्त्रालय। यस्तो खालको ज्यादती, बेथिति, यसको पनि एउटा हद हुन्छ।’

उनले गणेमानको नाममा कुनै उत्पादनमुलक क्षेत्रमा बटेज नछुट्याएको समेत बताए। ‘गणेशमानको नाममा करिब ५७ करोड बजेटरु कुनै उत्पादनमूलक काममा होइन, युवाहरूलाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचनाहरू बनाउने नाममा गणेशमानलाई बदमान गर्नुभयो तपाईँले,’ ज्वालाले भने, ‘तपाईँ माफी माग्नुस्, यो रोष्टमबाट। गणेशमानलाई सबैले सम्मान गर्छन्, तपाईँले अपमान गर्नुभयो। मंगलादेवीलाई तपाईँ अपमान गर्नुभयो।’

उनले स्वर्गीय पुष्पलालको नाममा ७० लाख विनियोजन गरेर सहरी विकास मन्त्रीले काठमाडौँमा गाई जात्रा गरेको टिप्पणी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group