ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलाडीलाई प्रतियोगिताको खाँचो छ : विनोद दास


admin
१६ चैत्र २०७४, शुक्रबार   ३ : १९   बजे

भीमदत्तनगर, १६ चैत ।  नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताउनुभएको छ ।

महेन्द्रनगर युनाइटेडले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व कप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्ने बताउनुभयो ।

“अब नेपाली क्रिकेटको स्तर बढाउन घरेलु प्रतियोगिताको खाँचो छ”, महेन्द्रनगर युनाइटेड टोलीको समेत प्रशिक्षक रहनुभएका दासले भन्नुभयो, “क्रिकेटमा चुनौती धेरै छन्, तिनको सामना गरेर अगाडि बढ्नुको विकल्प छैन ।”

कैलालीको धनगढीमा शनिबारदेखि सञ्चालन हुने धनगढी प्रिमियर लिग (डिपिएल)मा आफ्नो टोलीलाई सहभागी गराउनुअघि प्रशिक्षक दासले नेपालमा निजी क्षेत्रको लगानीमा क्रिकेट प्रतियोगिता आयोजना हुनु सुखद पक्ष भएको बताउनुभयो । उहाँले डिपिएलजस्तै अन्य प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

क्रिकेटमा नेपालले हालै एकदिवसीय मान्यता प्राप्त गरेकाले आगामी दिनमा खेलाडीलाई बढीभन्दा बढी प्रतियोगिता आयोजना गरेर आफ्नो क्षमता प्रदर्शनको मौका दिनुपर्ने प्रशिक्षक दासको भनाइ थियो ।

“अब घरेलु प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनतर्फ लाग्नुुपर्छ, क्रिकेटमा सरकारी र निजी क्षेत्रले लगानी बढाउनुपर्छ”, उहाँले भन्नभयो । धनगढी प्रिमियर लिग (डिपिएल)का लागि महेन्द्रनगर युनाइटेडले दुईजना भारतीय खेलाडीसमेत अनुबन्ध गरेको छ ।

महेन्द्रनगर युनाइटेडले भारतीय खेलाडी पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । विष्टले दिल्ली डेयरडेभिल्सबाट इण्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका छन् भने मेहराले दिल्लीबाटै रणजी ट्रफी खेलिसकेका छन् ।

महेन्द्रनगर युनाइटेड टोलीको कप्तानमा विनोद भण्डारी तथा अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेको महेन्द्रनगर युनाइटेडका सञ्चालन दिनेश मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group