ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन


abc news
११ असार २०८२, बुधबार   ४ : ३५   बजे

काठमाडौ ११ असार । बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्ट डिएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रहरी उपरीक्षक ९एसपी० नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको हो।

उक्त समितिले यथाशीघ्र प्रतिवेदन बुझाउने कार्यालयका प्रवक्ता डिएसपी विनोद यादवले जानकारी दिए।

सप्तरीमा बलात्कार मुद्दामा राजविराज(६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डिएसपी क्वार्टरमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने समाचारबारे बुधबार राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आइजिपी दीपक थापालाई प्रश्न गरेका थिए।

यस विषयमा आइजिपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चतुर्वेदीलाई सम्पर्क गरी आवश्यक छानबिन गर्न निर्देशन दिएको बताएका थिए।

‘डिएसपीको क्वार्टरको उक्त तस्बिर अगाडिकै रहेछ। पत्रिकामा आज निस्केको हो। त्यस सन्दर्भमा मैले मधेस प्रदेशका डिआइजीलाई छानबिनको लागि के भएको हेर्नु भनेको छु। इन्स्पेक्टरको बर्थड‍‍े रहेछ। उनले लगेर डिएसपीको क्वार्टरमा बसेको फोटो आएको छ। यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ,’ उनले भने।

राजविराज(६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्‍ला अदालत सप्तरीबाट जेठ ४ गते सफाइ पाएका थिए। त्यसको भोलिपल्टै प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन बनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा पार्टी गरिरहेको तस्बिर बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group