ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पतञ्जली जग्गा प्रकरण, पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख धरौटीमा रिहा


abc news
१२ असार २०८२, बिहिबार   ११ : ३८   बजे

काठमाडौ १२ असार । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश आएको हो । अदालतको आदेशसँगै बुधबार राति नै बैंक जमानत बुझाएर नेपाल रिहा भएका छन् ।

विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो । थुनछेक बहसमा अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए । उनीहरूले मन्त्रिपरिषद्ले २०६६ पुस २२ गते गरेको निर्णय २९ गते उल्टाएर पतञ्जलीको व्यापार योजनालाई सहयोग पुग्ने गरी निर्णय गरेका कारण उक्त निर्णय नीतिगत हुन नसक्ने र माधव नेपालमाथि कारबाही अघि बढाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए ।

नेपालका तर्फबाट भने वरिष्ठ अधिवक्ताहरू गोविन्दप्रसाद बन्दी, खम्मबहादुर खाती, रमण श्रेष्ठ, शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराईसहितले बहस गरेका थिए । बहसका क्रममा उनीहरूले संविधान र अख्तियारकै ऐनअनुसार पनि अख्तियारले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै मुद्दा नै खारेज हुनुपर्ने तर्क राखेका थिए । साथै, पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई तारेखमा राख्नसमेत उपयुक्त नहुनाले बोलाएको समयमा उपस्थित हुनेगरिको आदेश माग गरेका थिए ।

यसअघि विशेष अदालत पुगेर पूर्वप्रधानमन्त्री नेपालले बयान दिएका थिए । नेपालको बयानपछि थुनछेक बहस सुरु भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि अदालतमा भ्रष्टाचार मुद्दा खेप्ने पूर्वप्रधानमन्त्रीमा नेपाल पहिलो व्यक्ति हुन् । अख्तियारबाट मुद्दा दायरपछि नेपाल प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका थिए । प्रधानमन्त्री रहेका बेला पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा उद्योग खोल्न दिइएको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न अनुमति दिई भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले नेपालविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, बिगो बराबरकै जरिमाना र १० देखि १४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ । सो मुद्दामा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group