ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल खामेनीलाई मार्न चाहन्छ, नभेटेर मात्रै: काट्ज


abc news
१३ असार २०८२, शुक्रबार   १ : ४८   बजे

काठमाडौ १३ असार । इजरायलका रक्षामन्त्री इजरायल काट्जले आफूहरू इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई मार्न चाहने बताएका छन्।

भेट्टाउन नसकेकाले मात्रै खामेनी बाँचिरहेको काट्जले बताएका छन्।

च्यानल १३ सँगको अन्तर्वार्तामा बिहीबार काट्जले भनेका छन्, ‘यदि खामेनी हाम्रो पहुँचमा भएको भए हामी उनलाई मार्ने थियौँ।’

अझ जोड दिएर उनले अगाडि भनेका छन्, ‘इजरायल खामेनीलाई खत्तम गर्न चाहन्थ्यो, तर त्यसो गर्ने कुनै अवसर थिएन।’

उनलाई मार्न अमेरिकासँग अनुमति मागिएको छ कि छैन भनेर सोध्दा उनले भने, ूहामीलाई यसका लागि कसैको अनुमति आवश्यक छैन।’

त्यसो त यसबीच हत्याको डरले खामेनी सुरक्षित बंकरभित्र लुकिरहेको रिपोर्ट पनि सार्वजनिक भएको छ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अमेरिकाका रक्षा सचिव पिट हेगसेथले जुन २२ मा भएको आक्रमणबाट इरानका आणविक स्थल पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्।

हेगसेथले संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनसँगै रक्षा विभागको मुख्यालय पेन्टागनमा इरान आक्रमणबारे पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

उनले भने, ‘इरानमा अमेरिकी आक्रमण ऐतिहासिक रूपमा सफल आक्रमण थियो।’

आक्रमणमा इरानको आणविक कार्यक्रममा थोरै मात्र क्षति भएको भनी गुप्तचर रिपोर्ट सार्वजनिक गरेका हेगसेथले पत्रकारहरूको आलोचना गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै दुई प्रमुख सडक पहिरोले अवरुद्ध

बीपी स्मृति दिवसमा कांग्रेस प्रतिष्ठानद्वारा ५ किलोमिटर महिला दौड

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu