ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवकमाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ


abc news
२० असार २०८२, शुक्रबार   १ : ३८   बजे

काठमाडौ २० असार । एक युवकलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका व्यक्तिहरूलाई धरान प्रहरीले एक हप्तापछि पक्राउ गरी सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय धरानले घटनामा संलग्नहरूको पहिचान गरी तीनजनालाई नियन्त्रणमा लिएको हो।

गत शुक्रबार धरानमा तीन जनाको समूहले धारिलो हतियारसहित एक युवकमाथि आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सार्वजनिक भएको भिडिओमा मोटरसाइकलमा आएका तीन जनाले एक युवकलाई लखेट्दै खुकुरी पार गरेको र ती युवकको ढाडमा रगत बगेको दृश्य सहितको भिडियो भाइरल भएको थियो।

त्यही भिडियोको आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको जनाएको छ। शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले घटना पुरानो रिसिबीका कारण भएको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए।

तीनजनाको समूहले धरान उपमहानगरपालिका २० बस्ने समिर राईलाई लखेटी लखेटी खुकुरीले काटेको समेत खुल्न आएको डीएसपी जवेगुले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका ११ घर भएका २१ वर्षीय प्रशान्त प्रधान, सोही ठाउँका पासाङ शेर्पा र मोटरसाइकल चालक सप्तरीको कञ्चनरूप नगरपालिका घर भई धरानमा बस्ने साइमन चौधरीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनीहरु सवार मोटरसाइकल भने अर्कैको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

साइमनले चलाएको मोटरसाइकल उनका काका देवनारायण चौधरीको भएको अनुसन्धानको क्रममा खुलेकोसमेत डीएसपी जबेगुले बताए।

पक्रकार सम्मेलनमा डीएसपी ले धरानमा पछिल्लो समय खुकुरी प्रहारका घटनामा कमी आएको दाबी गरेका छन्। पछिल्लो घटनाको सन्दर्भमा उनले प्रहरीमा सूचना ढिलो आएको सताए।

गत वर्ष धरानमा खुकुरी प्रहारका ३१ वटा घटना भएका थिए। यस वर्ष त्यस्ता घटना ११ वटा भएका छन्।

आजको पत्रकार सम्मेलन मार्फत प्रहरीले अन्य दुईजनालाई पनि सार्वजनिक गरेको छ। सार्वजनिक भएकाहरू एकजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् भने अर्का व्यक्ति चोरीमा संलग्न रहेको डीएसपी जगेबुले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu