ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संशोधन अघि संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्दछ – सिटौला


abc news
२२ असार २०८२, आइतबार   ६ : १२   बजे

काठमाडौ २२ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन अघि कार्यान्वयनको समीक्षा हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता सिटौलाले कार्यान्वयनको समीक्षा गरेर मात्रै संविधान संशोधन हुनुपर्ने बताए ।

‘संविधान कार्यान्वयनको समीक्षा आवश्यक छ, यो हाम्रो प्रस्ताव नै जाओस् भन्ने मलाई लागेको छ, संविधान कार्यान्वयनको समीक्षाको विचार पार्टीले गर्नुपर्छ,’ सिटौलाले भने ।

संविधान कार्यान्वयनबाट जनतालाई कति उपलब्धि भयो वा भएन रु भन्ने समीक्षा हुनुपर्ने सिटौलाको भनाइ छ । संविधान कार्यान्वयन हुन नसकेको भए कारण खोजिनु पर्ने उनको तर्क छ ।

राष्ट्रिय सभामा सत्ता पक्षको दुई तिहाइ नरहेको सुनाउँदै सिटौलाले पार्टी बैठकमा भने, ‘सहमतिका अरु पक्षलाई लिएर जान सक्यौं भनेदेखि संविधान संशोधन सहज बन्ला, तर त्यति सजिलो छैन, संविधान संशोधनको प्रस्तावलाई सजिलोसँग पारित हुने मैले देखेको छैन ।’

संविधान निर्माण पछि राज्यका संवैधानिक अंगहरुले गरेका कार्यबाट देशलाई कति लाभ भयो रु त्यसमा समीक्षा आवश्यक रहेको सिटौलाले बताए ।

‘जति लाभ भयो, त्यो जनतालाई हामीले भन्नुपर्छ, यति हामीले काम गरेका छौं, यति गर्न सकिएन, यो कारणले गर्न सकिएन, हामी सुध्रिन्छौं भनेर भन्न सक्नुपर्छ,’ सिटौलाले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu