ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा हुने नृसिंह जात्राको लागि आज मल्ल राजालाई निमन्त्रणा दिइँदै


abc news
२६ असार २०८२, बिहिबार   १२ : ०७   बजे

काठमाडौ २६ असार । ललितपुरमा सञ्चालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा आज फूल राखेर मल्ल राजालाई निमन्त्रणा दिने कार्य हुँदैछ ।

हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा सञ्चालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्यायको परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल राजालाई फूल, जनै, सुपारीलगायत राखेर निमन्त्रणा दिने गरिन्छ ।

१७४१ सालमा राजा बनेका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ । दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उहाँका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको हुन्छ । २०४६ सालसम्म उहाँका लागि भनेर हरेक बिहान तमाखु लिएर जाने गरिन्थ्यो ।

दरबार अगाडि रहेको योगनरेन्द्र मल्लको शालिकको टाउकोमा एउटा चरा पनि छ । उहाँले आफू मर्ने बेलामा त्यो चरा उडेर नगएसम्म आफूलाई ज्युँदै रहेको भन्ठान्नू भनेका कारण अहिलेसम्म पनि योगनरेन्द्र जीवितै रहेको विश्वास गरिन्छ ।

यही विश्वासमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा मल्ल राजालाई पाटन दरबारको तुसाहिटीमा रहेको शिलाको खातमा निमन्त्रणा स्वरूप फूल राख्ने गरिन्छ ।

हाल गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा फूल राख्ने गरिन्छ । मल्ल राजालाई निमन्त्रणा दिएपछि मात्र राष्ट्रपति, गुथिका थकालीहरुलगायतलाई जात्रामा सामेल हुन निमन्त्रणा दिने गरिन्छ ।

आज दिउँसो १ बजे नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राख्ने विधि हुँदैछ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन नृसिंह जात्रा सञ्चालन हुने गर्दछ भने यसवर्ष साउन २९ गते यो जात्रा सञ्चालन हुँदैछ ।

यस वर्षको जात्रा सञ्चालन गर्न जिम्मा गाःबहालको मधुर शर्मा राजोपाध्यायको परिवारले पाएको छ । ललितपुरका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ ।

यो जात्रा नेपाल सम्वत् ७५१‚ अर्थात् विक्रम सम्वत् १६८८ देखि निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित पशुपन्छीको उद्धार र उपचारका लागि २४ घण्टे हटलाइन

आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu