ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ र इन्डोनेशियाबीच स्वतन्त्र व्यापार गर्ने सहमति


abc news
३० असार २०८२, सोमबार   ११ : ०८   बजे

काठमाडौ ३० असार । युरोपेली सङ्घ ९इयु० र इन्डोनेशियोले स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति भएको घोषणा गरेका छन ।

यो कदम विश्वव्यापी व्यापारमा अमेरिकी राष्ट्रपतिका कदमका बीचमा धेरै महत्त्वपूर्ण रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै ईयू प्रमुख उर्सुला फोन डर लायनले आफूहरु अहिले चुनौतीपूर्ण एवम् आर्थिक अनिश्चितता र राजनीतिक अस्थिरताको चरणमा रहेको बताउनु भयो ।

यो समयमा साझेदारहरूले अझ नजिक भएर काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौतामा राजनीतिक सहमति हासिल गरेको बताउनुभयो ।

युरोपेली सङ्घका २७ देश र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेशियाबीच सन् २०१६ देखि व्यापार र लगानी बढाउन सम्झौता गर्न वार्ता हुँदै आएको थियो ।

युरोपेली आयोगले यो सम्झौता ठूलो उपलब्धि भएको र आउँदो सेप्टेम्बरमा यो औपचारिक रूपमा टुङ्गिने बताएको छ ।

अमेरिकाले उच्च भन्सार शुल्क लगाउने धम्की दिएपछि युरोपेली सङ्घले विश्वका महत्त्वपूर्ण साझेदारसँग सम्बन्ध बलियो बनाउन थप प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu