ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट कार्यान्वयन मार्गदर्शन : वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारितामा जोड


abc news
२ श्रावण २०८२, शुक्रबार   ११ : ३२   बजे

काठमाडौ २ साउन । अर्थ मन्त्रालयले हिजोदेखि शुरू भएको नयाँ आर्थिक वर्ष २०८२र०८३ को बजेट कार्यान्वयनका लागि विस्तृत मार्गदर्शन सार्वजनिक गरेको छ ।

मार्गदर्शनले बजेट खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारितामा विशेष जोड दिएको छ ।

मन्त्रालयले सार्वजनिक निकायहरूलाई बजेट खर्च गर्दा निर्धारित प्रक्रिया र मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

साउन १ गतेदेखि शुरू नहुने कार्यक्रमहरूका लागि अग्रिम बजेट निकासा गर्न सकिने व्यवस्था गरिएको छ ।

मार्गदर्शनमार्फत मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकम सीमाभित्र रही खर्च गर्नुपर्ने र बजेट अनावश्यक रूपमा होल्ड नगर्न निर्देशन दिएको छ ।

मार्गदर्शनले बजेट रकमान्तर तथा कार्यक्रम संशोधनका विषयमा कडाइ गरेको छ । पूँजीगत खर्च शीर्षकको रकम चालु खर्चमा रकमान्तर गर्न नपाइने र स्रोत सहमति भएका कार्यक्रमहरूमा मात्र रकमान्तर गर्न पाइने प्रावधान राखिएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा विस्तृत अध्ययन र तयारीविना बजेट हेरफेर गर्न नपाइने व्यवस्था छ ।

आयोजना कार्यान्वयनका लागि पूर्व तयारी, विस्तृत डिजाइन, लागत अनुमान, बोलपत्र मन्त्रालयले मन्त्रालयको पूर्व स्वीकृतिविना कर्मचारी भर्ना तथा ठेक्का सम्झौता गर्न नपाइने र स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन, अनावश्यक खर्च कटौती गर्न र खर्च गर्दा वित्तीय अनुशासन कायम गर्न अर्थ मन्त्रालयको निर्देशन छ ।

समयमै काम सम्पन्न गर्न तथा गुणस्तरमा सम्झौता नगर्न मन्त्रालयले सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu