ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६ सय जनाको ज्यान गयाे – मानव अधिकार सङ्गठन


abc news
२ श्रावण २०८२, शुक्रबार   ४ : ३०   बजे

काठमाडौ २ साउन । दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६ सय जनाको ज्यान गएको मानव अधिकार सङ्गठनले जनाएको छ । दक्षिण सिरियामा भएको पछिल्लो हिंसामा ५ सय ९४ जनाको ज्यान गएको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ ९एसओएचआर० लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेलायतमा रहेको यो संस्थाले गएको आइतवारदेखि सुवेदा प्रान्तमा शुरू भएको हिंसा चरम क्रूरताले भरिएको बताएको छ । एसओएचआरले यस हिंसामा ड्रुज समुदायका ३ सय जनाले ज्यान गुमाएका बताएको छ । यसमा १ सय ४६ लडाकू र १ सय ५४ जना सर्वसाधारण छन् ।

१ सय ५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी सेनाले मुद्दा चलाउन नदिई तुरुन्तै हत्या गरेको अनुगमन समूहलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

संस्थाले १८ बेदुइन लडाकू र २ सय ५७ जना सरकारी कर्मचारी मारिएका जनाएको छ । यस्तै ड्रुज लडाकूहरूले कुनै मुद्दाविना नै बेदुइन समुदायका तीन जनाको हत्या गरेका छन् । बेदुइन र ड्रुज समुदायबीच झगडा भएको थियो ।

यसबाहेक इजरायली हवाई आक्रमणमा १५ अन्य सरकारी कर्मचारी मारिएका छन् । इजरायलले ड्रुज समुदायको सुरक्षाका लागि यो आक्रमण गरेको बताएको छ ।

यद्दपि बीबीसीले अझैसम्म एसओएचआरको तथ्याङ्क पुष्टि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu