ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अंगालोमा बाँधिए माधव-झलनाथ-बामदेव


abc news
२ श्रावण २०८२, शुक्रबार   ४ : ४४   बजे

काठमाडौ २ साउन । नेकपा एमालेभित्रको राजनीति अन्तरसंघर्षले तरंगित भइरहँदा सोही पार्टीको नेतृत्व तहमा लामो समय बिताएका तीन नेता भने बिहीबार एकाएक अंगालोमा बाँधिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेतृत्वको पार्टीबीच काठमाडौंमा आयोजित एकता घोषणा कार्यक्रममा यस्तो दृश्य देखिएको हो ।

एकता सभामा नेता गौतमले आफू यो पार्टीमा आउन ४ वर्ष लागेकोदेखि ४ वर्षअघि नै आएको भए समाजवादको अभियान नै सुरु भइसक्नेसम्मको दाबी गरे ।

तर, त्योभन्दा रोचक दृश्य भने उनले बोलेर मञ्चमा फर्किंदा देखियो । नेता गौतमलाई मञ्चमा बसेका नेताहरू माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतले स्वागतका लागि खादामाला लिएर बसेका थिए ।

गौतम आइपुगे । सिधै अध्यक्ष नेपालले स्वागत गरे । अंगालोमा बाँधिए । हलमा ताली बज्यो । नेताहरू हँसमुख देखिए ।

सम्बोधनको अधिकांश समय नेता गौतमले कम्युनिष्ट पार्टी एकता, समाजवाद निर्माण र आफ्नो उद्देश्य बारे चर्चा गरे ।

जसलाई हलले गडगडाहट तालीले स्वागत गरेको छ । राष्ट्रिय सभा गृहमा फुटेर पनि जुटेका नेताका यी दृश्य देखिइरहँदा आफ्नो पुरानो पार्टी एमालेभित्रको आन्तरिक संघर्ष भने जटिल बन्दै गएको छ ।

संयोग नै मानौं, यता नेताहरू जुटिरहँदा च्यासलमा नेकपा एमालेभित्र भावी नेतृत्व लगायतका विषयलाई लिएर विवाद चर्किइरहेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत १४ चैतमा गरेको राजनीतिक घोषणाको विषय एमालेमा पेचिलो बनिरहँदा यी तीन नेताहरूबीच यता एकता भएको हो ।

जसलाई एमाले र एकीकृत समाजवादीका दोस्रोदेखि तेस्रो पुस्ताका नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् ।

त्यसैले सो पार्टीका महासचिव घनश्याम भुसालले माधव, झलनाथ र बामदेवको अंगालो देखेपछि लगत्तै भनेका होलान्, ‘अप्ठेरो बेलामा साथीभाइ जोडिनु, छरछिमेकमा असजिलो हुँदा सरसहयोग हुनु कति महत्त्वपूर्ण हुन्छ, यो त मुलुकको क्रान्तिकारी आन्दोलनको प्रश्न हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu