ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओलीलाई भीम रावलको कटाक्ष: बाल्यकाल, सुतेको र बिरामी परेको समय पनि घटाउनू


abc news
५ श्रावण २०८२, सोमबार   १२ : १३   बजे

काठमाडौ ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि ७० वर्षे सीमा हटाउन नहुनेमा जोड दिने नेताहरूलाई आफू जेलमा बसेको अवधि घटाउनुपर्ने तर्क गरेपछि पार्टीका पूर्वनेता भीम रावलले कटाक्ष गरेका छन्।

हाल मातृभूमि जागरण अभियानका संयोजक रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु के त भनी प्रधानमन्त्री ओलीलाई व्यंग्य गरेका हुन्।

एमालेबाट ६ महिनाअघि निष्कासित नेता रावलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ।केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने किरु’

साउन १ गते सचिवालय बैठकमा तीव्र विवादपछि बहुमतबाट पास ७० वर्षे सीमा हटाउने निर्णयबारे साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकमा एमाले नेताहरूबीच चर्काचर्की परेको थियो। त्यस क्रममा ओलीले ७० वर्षे उमेर हद लागु गर्ने हो भने आफू जेल बसेको १४ वर्ष घटाउनुपर्ने तर्क गरेको कुरा सार्वजनिक भएको छ।

यद्यपि एमालेको पोलिटब्युरो बैठकले पनि उमेर ७० वर्ष नाघेपछि र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने नियम हटाउने निर्णय अनुमोदन गरिसकेको छ। अब यस विषयमा आज सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group