ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीटीईभीटीको स्वास्थ्य कार्यक्रमका लागि अनलाइन आवेदन खुला


abc news
५ श्रावण २०८२, सोमबार   १२ : १८   बजे

काठमाडौ ५ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा अनलाइन आवेदन खुला गरेको छ।

सीटीईभीटीले आज सूचना प्रकाशन गरी शैक्षिक सत्र २०८२,०८३ को लागि अनआइन आवेदन खुला गरेको हो।

परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गते भित्र नियमित शुल्क र २६ गते भित्र विलम्व शुल्क तिरेर अनलाइन आवेदन फारम भर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ।

नयाँ शैक्षिक सत्रदेखि प्रवेश परीक्षा नभइ एसईईमा प्राप्त जीर्पीए र विद्यालयको प्रकारको आधारमा तय हुने अङ्कको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने सीटीईभीटीले जनाएको छ।

परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो।

निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अङ्कका आधारमा विद्यार्थी छनोट गरिनेछ। एसईईमा प्राप्त अङ्कलाई जीपीए ४ पूर्णाङ्क मानिनेछ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अङ्क र संस्थागत ९निजी० विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०।८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ।

स्वास्थ्य तर्फका कार्यक्रमहरूको सिट संख्या चिकित्सा शिक्षा आयोग, सीटीईभीटीबाट सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त सूचनाका आधारमा निर्धारण गरिएको हो।

परिषद्को ‘डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२’ अनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।

छनोट हुने विद्यार्थीले परिषद्का आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत २८५ वटा कलेजमा भर्ना हुन पाउने छन्। चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले यस वर्ष डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्न २ निजी कलेज थप गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group