ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ- मुख्यसचिव अर्याल


abc news
५ श्रावण २०८२, सोमबार   १२ : ३२   बजे

whatsapp sharing button

काठमाडौ ५ साउन । मुख्यसचिव एकनारायण अर्यालले कुलिङ अफ पिरियडमा गडबडी भएको हो भने त्यसको जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्ने बताएका छन्

निजामती विधेयकमा भएको गडबडीको छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठकमा उनले विधेयक सच्याउन कर्मचारीको कुनै भूमिका नहुने जिकिर गरे। ‘विधेयक सच्याउनमा कर्मचारीको कुनै भूमिका हुँदैन,’ उनले भने, ‘यसको सम्पूर्ण जिम्मा संसदीय समितिका सभापति र समिति सचिवालयले लिनुपर्छ।’

कुलिङ अफ पिरियडमा बदनियत राखेर कसैले काम गरेको होलाजस्तो भने आफूलाई नलागेको बताएका उनले मानवीय त्रुटि भएको हुन सक्ने बताए।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयक पारित हुँदा गडबडी भएको भन्दै संसदीय छानबिन समिति गठन भएको छ। समितिले अनुसन्धान गर्दैछ।

यसक्रममा मुख्यसचिव अर्यालले गडबडी सम्बन्धमा कुनै जानकारी नभएको बताएका हुन् । ‘मलाई यो प्रक्रिया ९निजामती विधेयकको प्रतिवेदन तयार पार्ने प्रक्रिया०मा राम्रोसँग सामेल गरिएन,’ उनले भने ।

संसदीय समितिले प्रतिवेदन सार्वजनिक नगर्दासम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिवलाई नदिएको पनि उनले बताए। दुवै मन्त्रालयका सचिवलाई समेत निजामती विधेयक निर्माण प्रक्रियामा ग्यापमा राखिएको अर्यालको भनाइ छ।

मुख्यसचिव अर्यालले राजनीतिज्ञले राजनीतिज्ञले कर्मचारीलाई विश्वास नगरेको गुनासो पनि गरे । ‘कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास गरेनन् । ३४ वर्ष भयो मैले काम गरेको । अब म घर जाँदा अयोग्य भएर जाने रु’ उनको प्रश्न छ, ‘आफैं नियुक्ति दिने अनि आफैं अविश्वास गर्ने रु’

पेशागत हितका लागि गरिएको लबिइङलाई समेत राजनीतिज्ञले अनावश्यक टिप्पणी गरेको भन्दै उनले दुस्ख व्यक्त गरे। ‘हामीले पेशागत हितका लागि गरेको लविङलाई देउसी भैलोमा परिणत गरिदिने रु’ उनले भने।

कुलिङ पिरियडको व्यवस्था राख्दा तत्काल अवकास प्राप्त कर्मचारीले नियुक्ति नपाउने तर दुई वर्षअघिका तिनै कर्मचारीले अवसर पाउने भन्दै उनले गल्ती गर्नेलाई नै लाभ हुने वातावरण बन्ने पनि बताए । ‘जसको गल्तीका कारणले कुलिङ अफ पिरियडको विषय उठ्यो, र कानुन बन्दैछ, त्यो व्यवस्था राख्दा फेरि पनि तिनैलाई फाइदा गर्छ, लाभ दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu