ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे- राजेन्द्र लिङ्देन


abc news
७ श्रावण २०८२, बुधबार   ३ : ५९   बजे

काठमाडौ ७ साउन । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दल नेता राजेन्द्र लिङ्देनले दुई ठूला पार्टी मिलेर बनेको अहिलेको सरकारले देश लुट्ने टेण्डर पारेकोजस्तो व्यवहार भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले देश लुट्न टेण्डर नै पारेको जसरी भ्रष्टाचार प्रकरणमा मन्त्री नै मुछिएपनि सरकारले छानबिन नगरेको आरोप लगाएका हुन्। म

टेण्डर पारेर यसरी प्रतिस्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलेको छ। एक दुई मन्त्रीको कुरा होइन। सार्वजनिक रूपमा चर्चामा आएका विवादमा आएका एक दर्जन मन्त्रीहरुको छानबिन गर्नुपर्ने अवस्था आएको छ, उनले भने।

लिङ्देनले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्ने अवस्था आएको बताए।

अब भ्रष्टाचार कहाँ कहाँ छ भनेर खोज्नुपरेन। कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने अवस्था छ, उनले भने।

उनले केही कर्मचारीलाई कारबाही गरेर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने बताए।

जबसम्म राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीमा नल्याइन्जेल तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न सकिँदैन, उनले भने।

यसबारेमा दुई महिनादेखि संसदमा आवाज उठाउँदै आए पनि सरकारले सुने नसुनेको गरेको बताए।


निरन्तर आवाज उठाउँदै आएका छौं। सुनेको नसुनै गरेर यो टेण्डर हामीले पारेका हौं। अरू कराउँदै गर्छन्। बैधानिकता हामीसँगै छ हामी अगाडि बढ्छौं। जसले सक्छ जति सक्छ खाने हो भनेर संसद अगाडि बढाउने काम भइरहेको छ, उनले भने

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group