ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल राहत प्याकेज घोषणा गरियोस्- नारायणकाजी श्रेष्ठले


abc news
९ श्रावण २०८२, शुक्रबार   १ : ३९   बजे

काठमाडौ ९ साउन । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली मधेसका जिल्ला भ्रमणमा रहेका बेला शुक्रबार उनले सामाजिक सञ्जालमार्फत तत्काल राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्।

उनले लेखेका छन्, ‘खडेरीको कारण रोपाइँ मात्र होइन, खानेपानीसमेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस्।’

यस्तै पूर्वउप्रधानमन्त्री श्रेष्ठले केन्द्र र प्रदेश दुवै सरकारलाई संकटका बेला जिम्मेवारीपूर्वक कार्य गर्न आह्वान पनि गरेका छन्।

विपद् संकटग्रस्त मधेसका नागरिकको पीडा सुन्न प्रधानमन्त्री ओली बारा र महोत्तरी भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।

त्यहाँ उनले पुल र भवन उद्घाटन गर्ने कार्यक्रम पनि छ।

सरकारले केही दिनअघि मात्र मधेस प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मधेस प्रदेशका जिल्लामा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुकेर सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मधेस प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये हालसम्म ४६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ। मनसुनमा आधारित कृषि प्रणाली भएकाले सुक्खाका कारण उत्पादन घट्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group