ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० वर्षे उमेरहद कुनै व्यक्तिलक्षित होइन, महाधिवेशनले छिनोफानो गर्छ- पद्मा अर्याल


abc news
९ श्रावण २०८२, शुक्रबार   १ : ४२   बजे

काठमाडौ ९ साउन । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले ७० वर्षे उमेर हद कुनै व्यक्तिलक्षित नभएर सोचविचार गरी हटाउन प्रस्ताव गरिएको बताएकी छन्।

केन्द्रीय कमिटीबाट यो निर्णय भइसकेको र महाधिवेशनले छिनोफानो गर्ने उनको भनाइ छ।

लुम्बिनी एमालेले पार्टी सञ्चालन र व्यवस्थापनसम्बन्धी सञ्चालन गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा अर्यालले भनिन्, ‘पार्टीमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको छ। अब यसको छिनोफानो विधान महाधिवेशनले गर्ने भएकाले यसमा अलमलिन हुँदैन। उमेर हद कुनै व्यक्ति लक्षित भएर हटाएको होइन, सोचीविचारी हटाइएको हो। यो व्यवस्था यसअघि नै निष्क्रिय भइसकेको थियो।’

त्यस्तै, मुलुकको अभिभावक भइसकेको व्यक्ति दलीय राजनीतिमा आउनु उपयुक्त नहुने महसुस गरेर पार्टी केन्द्रीय कमिटीले यसबारे निर्णय गरेको पनि अर्यालको भनाइ छ।

फरक प्रसंगमा उनले पार्टीभित्र अनुशासन र सुशासन महत्त्वपूर्ण विषय भएकाले यसतर्फ सबै सचेत रहनुपर्नेमा जोड दिइन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरू आन्दोलनमा रहेको स्मरण गर्दै उनले त्यस्ता समूहलाई वार्ता र संवादको माध्यमबाट व्यवस्थापन गरिएको दाबी पनि गरिन्।

‘यो मात्र होइन, नेपालमा सुरुङमार्ग असम्भव छ भन्नेहरूलाई सरकारले सम्भव बनाएर देखाएको छ,’ उनले भनिन्, ‘कांग्रेसलाई समेत सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ। सबै आर्थिक सूचकहरू बढेका छन्। यी महत्त्वपूर्ण उपलब्धि हुन्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu