ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीद्वारा बिग्ही नदी पुलको उद्घाटन


abc news
९ श्रावण २०८२, शुक्रबार   २ : ०७   बजे

काठमाडौ ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको छ ।शुक्रबार दिउँसो साढे १२ बजे महोत्तरीको मटिहानी आइपुग्नुभएका प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो ।

मटिहानीलाई जनकपुरसँग जोड्ने सडकको रुपमा रहेको सो पुल निर्माणले सीमावर्ती भारतीय क्षेत्रबाट जनकपुर जाने सानो मार्ग बनाएको छ । उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतको उपस्थिति थियो ।

कालिका कन्सट्रक्सन प्रा।लि।भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको सो पुल ५० मिटरको छ । बिग्ही पुलमा यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो रहेकोले आवतजावतमा समस्या हुँदै आएको थियो ।

काठमाडौंबाट हेलिकप्टरमा आउनुभएका प्रधानमन्त्री मटिहानीको जलसागरबाट सिधै पुलको उद्घाटनपश्चात् पुलको निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group