ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्यान्डको चेतावनी: कम्बोडियासँग जारी सैन्य झडप भयानक युद्धमा परिणत हुन सक्छ


abc news
९ श्रावण २०८२, शुक्रबार   ४ : ५१   बजे

काठमाडौ ९ साउन । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले आफ्नो देश र कम्बोडियाबीच जारी संघर्ष भयानक युद्धमा परिणत हुन सक्ने चेतावनी दिएका छन्।

दुई देशबीच बिहीबारदेखि जारी सैन्य झडपमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको र लाखौँ मानिस घरबारविहीन भएको बीबीसीले जनाएको छ।

दुई देशबीच एक शताब्दीभन्दा लामो समयदेखिको सीमा विवाद बल्झिएको हो।

थाइल्यान्डमा उबोन रत्चाथनी र सुरिन प्रान्तमा भएको झडपमा कैयौँ मानिस घाइते भएका छन् र लाखभन्दा बढी विस्थापित भएका छन्।

उता कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा १,५०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सीमा विवादकै विषयमा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँग गरेको फोन कुराकानी सार्वजनिक भएपछि हालै कम्बोडियाको संवैधानिक अदालतले पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट निलम्बन गरेको थियो।

त्यसपछि उपप्रधानमन्त्री फुम्थम भेचायचाइले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखि सीमा विवाद छ। यसै क्रममा गत मे महिनामा सीमामा झडप हुँदा एक कम्बोडियाली सैनिक मारएिका थिए।

‘लिक’ भएको फोनवार्तामा सिनावात्राले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको पाइएपछि उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरेर अदालतमा मुद्दा परेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu