ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका २१ कांग्रेस सांसदको अविश्वास प्रस्तावः मुख्यमन्त्रीको कामले जनआक्रोश बढ्यो(नामसहित)


एबीसी न्यूज
९ श्रावण २०८२, शुक्रबार   ७ : ३०   बजे

काठमाडौं ९ साउन । नेपाली कांग्रेसका बागमती प्रदेश सभाका २१ सांसदले मुख्यमन्त्री बहाुदुर सिंह लामा नेतृत्वको सरकारले जनआक्रोश बढाएको हुँदा अविश्वासको प्रस्ताव दर्ता गरेको जिकिर गरेका छन् ।

शुक्रबार संसदीय दलको कार्यालयमा लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्तावमा पार्टीको छवि दिनप्रतिदिन कमजोर बनाउन मुख्यमन्त्रीको भूमिकाले काम गरेको आरोप लगाइएको छ ।

सरकारका कामकारबाहीका कारणले प्रदेशप्रति नै जनआक्रोश बढ्दो गतिमा रहेको अविश्वास प्रस्तावमा लेखिएको छ । कांग्रेसको छवि सुधार्नका लागि संसदीय दलको नेता लामा रहेर सम्भव नहुने हुँदा अविश्वासको प्रस्ताव दर्ता गरिएको सांसदहरूले उल्लेख गरेका छन् ।

लामाले उनी संसदीय दलको बैठक यस अवधिमा तीनपटक मात्रै आव्हान गरेको अविश्वास प्रस्तावमा लेखिएको छ । सरकारले प्रदेश सभामा नयाँ विधेयकहरु प्रस्तुत गर्न नसकेका कारणले सदनले विजनेस नपाएको उल्लेख गरिएको छ ।

कांग्रेसको मुख्यमन्त्री र अर्थमन्त्री हुँदा समेत यस आर्थिक वर्षको बजेट विवादमुक्त नभएको अविश्वास प्रस्तावमा लेखिएको छ । ‘सबै घटनाक्रमले माननीय मुख्यमन्त्रीको जिम्मेवारी, प्राथमिकता र जवाफदेहीतामा समेत प्रश्न उठ्न पुगेको छ,’ अविश्वास प्रस्तावमा भनिएको छ ।

अविश्वास प्रस्ताव  पूणपाठ र नामसहित

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu