ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेस्ट इन्डिजसँगको ५ खेलको टी–२० शृङ्खला अस्ट्रेलियाले २ खेल अगावै जित्यो


abc news
१० श्रावण २०८२, शनिबार   ३ : १७   बजे

काठमाडौ १० साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले दुई खेल अगावै जितेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई छ विकेटले हराउँदै शृङ्खला ३–० ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६ ओभर एक बलमा चार विकेट गुमाएर भेटायो । टिम डेबिडले अस्ट्रेलियाका लागि सबैभन्दा कम बलमा शतक बनाउँदै कीर्तिमान बनाए । उनले ३७ बलमा छ चौका र ११ छक्काको सहयोगमा एक सय दुई रन बनाए । डेबिडले स्कटल्याण्डविरुद्ध जोस इङ्ग्लिसले ४३ बलमा शतक पूरा गरेको रेकर्ड तोडेका हुन् । वेस्ट इन्डिजका रोमारियो शेफर्डले दुई तथा जेसन होल्डरले एक विकेट लिए ।

त्यसअघि वन्डर पार्क क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको वेस्ट इण्डिजले चार विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान शाइ होपले एक सय दुई रनको शतकीय पारी खेले ।

अस्ट्रेलियाका नाथन एलिस, एडम जाम्पा र मिचेल ओविनले समान एक विकेट लिए । शृङ्खलाअन्तर्गत चौथो खेल भोलि हुनेछ । पाँचौ तथा अन्तिम खेल मङ्गलवार हुनेछ । यस अघि यी दुई देशबीच भएको तीन खेलको टेस्ट शृङ्खलामा पनि अस्ट्रेलियाले क्लीन स्वीप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज राति यी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

परिवर्तनको आन्दोलनलाई घात नगर्न प्रधानमन्त्री पद अस्वीकार गरेँ: रवि लामिछाने

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu