ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्क विहीन, खोजी गर्न प्रहरी परिचालन


abc news
१२ श्रावण २०८२, सोमबार   ४ : ५०   बजे

काठमाडौ १२ साउन । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन्। गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जना तीनदिनदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

अहिले बेपत्ता भएका परिवारको घरमा प्रहरी पुगिसकेको छ। ‘परिवारका कसैको पनि मोबाइल सम्पर्कमा छैन। प्राविधिक रुपमा पनि लोकेसन हेर्ने काम भइरहेको छ। अरु हिसाबले पनि अनुसन्धान गरिरहेका छौँ। घरमा वस्तुभाउ सबै छन्। तर मान्छे छैनन्। गाउँलेहरूले बिहीबारपछि नदेखेको बताएका छन्’, एसपी सुवेदीले भने।

हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ लिएका थिए।

यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। तर कहाँ गए भन्ने पत्ता लाग्न बाँकी रहेको एसपी सुवेदीले बताए।

उक्त घर एकान्तमा छ। त्यहाँबाट अर्को कुनै घर पुग्न कम्तिमा १५ मिनेट लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए।

उनीहरूले एउटा भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए। हरेक दिन घाँस पानी गर्न जान्थे। तर, बिहीबारदेखि उनीहरू भैँसीलाई घाँस हाल्न नगएपछि गाउँले सोमबार बिहान घरै पुगेर हेर्दा ढोका खुलै थियो। तर, मान्छे कोही पनि थिएनन्। त्यसपछि खोजी सुरु भएको हो।

बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ जना छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu