ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातवटा प्रदेशमा सातवटै विमान किन्ने सरकारको योजना


abc news
१५ श्रावण २०८२, बिहिबार   ५ : ३२   बजे

काठमाडौ १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डले जहाज थप्नेबारे सरकार आन्तरिक गृहकार्यमा जुटिरहेको बताएका छन्।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हाल नेपाल एयरलाइन्सका सबै छ वटै जहाज सञ्चालनमा रहेको भएपनि यात्रुको मागअनुसार उडान गर्न जहाज अभाव रहेको बताएका हुन्। उनले एयरलाइन्सका सबै प्राविधिक सम्भावित समस्याहरुप्रति पनि मन्त्रालय गम्भीर भएको बताए। उनले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको बताए।

प्रदेशअन्तर्गतका विमानस्थलहरु सञ्चालनको लागि सबै प्रदेशमा एउटा—एउटा सानो विमान किन्नेबारे पनि प्रदेश सरकारहरुसँग छलफल भइरहेको उनको भनाइ छ।

उनले नेपाल एयरलाइन्सको हवाई सेवा सशक्त बनाउन मन्त्रालयले पारदर्शी प्रक्रियामार्फत नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाइरहेको स्पष्ट पारे।

उनले भने, ‘सातवटा प्रदेशमा सातवटा साना प्लेनको प्रबन्ध गर्न सकियो भने तद्तद् प्रदेशहरूमा चलाउन सकिन्थ्यो कि। कोसी प्रदेशले केही एप्रोच हामीसँग गरेको पनि छ। अरु ठूला प्लेनहरूको सन्दर्भमा हाम्रो जापान, थाइल्याण्ड, अष्ट्रेलिया र कोरियामा समेत फ्लाइट पुगेको छैन। धेरै ठाउँमा उडानको आवश्यकता वोध भएको छ। त्यतिधेरै हामीसँग एयरक्राफ्ट छैनन्। त्यसको लागि पारदर्शी हिसाबले किन्ने र त्यसको लागि स्रोत जुटाउने तथा लिजमा चलाउने उपायका बारेमा मन्त्रालय सोचिरहेको छ।’

उनले नेपालसँग विमान अभाव भएकै कारण विदेशी हवाई कम्पनीहरूले नेपाललाई लतार्ने काम गरिरहेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu