ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल मिडिया सोसाइटीद्धारा मिडिया काउन्सिल विधेयकबारे अन्तरक्रिया कार्यक्रम


abc news
२१ श्रावण २०८२, बुधबार   ९ : ०७   बजे

काठमाडौ २१ साउन । नेपाल मिडिया सोसाइटीले मिडिया काउन्सिल विधेयकबारे काठमाण्डौमा श्रावण २१ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकबारे गम्भीर सरोकार राख्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष मदन लम्सालको अध्यक्षता, महासचिव बोधराज त्रिपाठीको सञ्चालन तथा कार्यक्रम संयोजक धर्मराज भुसालको बिषय प्रवेशसँगै प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय तारानाथ दाहाल र शिव गाउले, महासंघका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विधेयकका विविध पक्ष बारेमा आ–आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञ, सम्पादक तथा मिडिया सञ्चालकहरूले प्रस्तावित मिडिया काउन्सिल विधेयक मिडियाको समग्र हित र गरिमा बढाउने तथा नियमन गर्ने भन्दा नियन्त्रणमुखी देखिएको भन्दै गम्भीर आपत्ति जनाउनु भएको थियो ।


कार्यक्रममा सहभागि बक्ताहरुले यथास्थितिमा मिडिया काउन्सिल विधेयक जारी हुन नहुने राय व्यक्त गर्नु भयो । साथै काउन्सिल मिडिया सञ्चालक, श्रमजीवी पत्रकारहरू तथा सरोकारवालाहरुबीचको उच्चस्तरको संयोजनकारी संयन्त्र बन्नुपर्नेमा जोड दिनु भयो ।
छलफलमा नेपाल मिडिया सोसाईटीका उपाध्यक्ष महेश स्वाँर, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा. जनकराज पन्त तथा दैनिक पत्र राष्टिय दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईलगायतको उपस्थिति रहेको थियो ।
नेपाल मिडिया सोसाइटीले सरोकारवालासँग थप परामर्श गर्दै विधेयकमा आवश्यक संशोधनको माग गर्न सरकार समक्ष औपचारिक धारणा पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu