ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध ढंगले खाडी मुलुक जान लागेका ४० महिला दिल्लीबाट फिर्ता


abc news
२३ श्रावण २०८२, शुक्रबार   ११ : १३   बजे

काठमाडौं २३ साउन । अवैध रूपमा भारत हुँदै घरेलु कामदारको रुपमा तेस्रो मुलुक जान लागेका ४० नेपाली महिलालाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरेको छ।

घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान, दुबई लगायतका खाडी मुलुकमा जान लागेका उनीहरूलाई दिल्लीबाट उद्धार गरेर काठमाडौँ फर्काइएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा।टोकराज पाण्डेले उनीहरूलाई प्रहरीको मानव बेचविखन ब्युरोको जिम्मा लगाएर बिहीबार साँझ गाडीमार्फत काठमाडौँ पठाइएको जानकारी दिए।

‘दिल्लीबाट फिर्ता आएका उनीहरूलाई रुपन्देहीमा हामीले रिसिभ गरेर काठमाडौँ पठाएका छौँ,’ पाण्डेले नेपालखबरसँग भने, ‘जिल्ला प्रशासन कार्यालयमा उनीहरूको संक्षिप्त बयानसँगै अभिलेख राखिएको छ। उद्धार गरिका महिला विभिन्न उमेर समूहका छन्। अविवाहित युवतीहरू पनि त्यो समूहमा छन्।’

उनीहररु गैरकानूनी रूपमा दिल्ली पुगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको थियो।

दूतावासले समन्वय गरेर महिपालपुरका विभिन्न होटलहरूबाट ६३ जना नेपाली महिलालाई निकालेको थियो। त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारीमा रहेको पाइएको दूतावासले जनाएको छ। उनीहरूलाई भने छाडिएको दूतावासका अधिकारीहरूले बताएका छन्।

नेपाल फर्काइएका ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जना साउदी जाने तयारीमा थिए। उनीहरूलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दलालहरूले दिल्ली पुर्‍याइएको खुलेको छ।

यसअघि साउन ८ गते पनि ४७ जना नेपाली महिला दिल्लीबाट नेपाल फर्काइएका थिए। उनीहरू भिजिट भिसामा कुवेत जाने तयारीमा थिए। उनीहरू दलाललाई मोटो रकम बुझाएर भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu