ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको सैन्य परेडमा किम जाेङ र पुटिन सँगै देखिँदै


abc news
१२ भदौ २०८२, बिहिबार   ५ : ११   बजे

काठमाडौ १२ भदौ । चीनको सैन्य परेडमा उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँगै देखिने भएका छन् । आउँदो सेप्टेम्बर ३ मा हुने सैन्य परेडमा उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनले भाग लिने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

यो किमको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुनेछ । चीनको नेतृत्वमा नयाँ विश्व व्यवस्थाका लागि जोड दिइरहनुभएका राष्ट्र सी जिनपिङका लागि यो कार्यक्रम कूटनीतिक जीत हुने बीबीसीले लेखेको छ ।

अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्न रुससँग सम्झौता प्रयास गरिरहेका बेला सैन्य परेडले चिनियाँ राष्ट्रपति सीलाई पुटिन र किम दुवैमाथि सीमित भए पनि आफ्नो प्रभाव सङ्केत गर्न अनुमति दिने खबरमा उल्लेख छ ।

चीनको सैन्य परेडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहभागिता रहने छैन तर यस हप्ताको शुरूमा उहाँले उत्तर कोरियाली नेता किमलाई भेट्न चाहेको बताउनुभएको थियो ।

किमको बढ्दो आणविक हतियार र रुसलाई गरेको समर्थनले पश्चिमा जगतलाई त्रसित बनाएको छ ।

पुटिन र किमसहित २६ अन्य राष्ट्रप्रमुखहरूले परेडमा भाग लिने अपेक्षा गरिएको छ । सन् १९५९ पछि उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा भाग लिएको यो पहिलो पटक हो ।

सैन्य परेडमा चीनले सयौं विमान, ट्याङ्क र एन्टी–ड्रोन प्रणालीसहित आफ्नो नवीनतम हतियार प्रदर्शन गर्ने सम्भावना छ । यस्तै चिनियाँ सेनाको नयाँ बल संरचना पहिलो पटक परेडमा पूर्णरूपमा प्रदर्शन गरिनेछ ।

राष्ट्रपति सीले निरीक्षण गर्ने ७० मिनेट लामो परेडलाई विश्लेषक र पश्चिमी शक्तिहरूले नजिकबाट हेर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group