ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली संसदमा लिपुलेकबारे ‘चुईंक्क’सम्म बोलेनन्


एबीसी न्यूज
१३ भदौ २०८२, शुक्रबार   ३ : ०८   बजे

काठमाडौं १३ भदौ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफ्नो चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म ५ दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन् । बहुप्रतिक्षित रुपमा प्रधानमन्त्री ओलीले केही समय अघि भारत–चीनबीच अनाधिकृत गरिएको लिपुलेक नाका बारेको सहमतिका सन्दर्भम जबाफ दिने ठानिएकोमा प्रधानमन्त्रीले ओलीले संसदमा केही पनि नभएजस्तो गरि टारेका छन् ।

प्रधानमन्त्री आलीले चीन भ्रमण नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी हुने पनि बताए पनि के के कुरा हुनेछन् भन्ने केही खुलाएनन् । केही समय अघि चीन र भारतलाई लिपुलेकबारे कुटनीतिक नोट पठाएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिन चाहेनन् ।
चीनका लागि पूर्व राजदूत डा. राजेश्वर आचार्यले प्रधानमन्त्रीले संसदमा जबाफ दिनु पर्ने उनको पहलो कर्तव्य रहेको बताएका छन् । एबीसीसँग कुरा गर्दै भनेः सार्वजनिक भएका र देशको भौगोलिक अखण्डतामाथि आँच पुर्याउने छिमेकीको गतिविधिबारे संसदमार्फत जनतालाई जानाकारी दिनुपर्छ । आचायर्यले भने प्रधानमन्त्रीले सर्वदलीय बैठक समेत आयोजना गरेर त्यसमार्फत राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्छ ।
तर प्रधानमन्त्री ओलीले लिपुलेकबारे एक शब्द सार्वजनिक रुपमा नबोलीकन शनिबार विहान चीन प्रस्थान गर्ने भएका छन् ।

‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ। त्यसमा विश्वस्त रहन आग्रह गर्छु’ प्रधानमत्री ओलीले भने ।

भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने सांघाई सहयोग संगठन ९सांघाई कोअपरेशन अर्गनाइजेशन०को शिखर सम्मेलनमा भाग लिनु रहेको ओ‌लीको भनाइ छ।

तर, ओलीले भ्रमणमा चीन र भारतले नेपाली भूमि लिपुलेकबारे गरेको सम्झौताबारे कुरा राख्नेबारे कुनै जानकारी गराएनन्।

यही भदौ ३ गते मंगलबार चीन र भारतले नेपाललाई बाइपास गरेर लिपुलेक नाका प्रयोग गर्ने सहमति पुनः गरिसकेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेकसहित तीन व्यापारिक नाका खोल्ने सहमति दुई देशबीच भएको हो।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार एवं चीन–भारत सीमा वार्ताका विशेष प्रतिनिधि अजित डोभलको निमन्त्रणामा चिनियाँ समकक्षी वाङ दिल्ली पुगेका थिए। दुई देशका प्रतिनिधिबीच भएको छलफलपछि भारतको विदेश मन्त्रालयले १२ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै लिपुलेक प्रयोगबारे जानकारी गराएको थियो।

‘दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला नाकामार्फत सीमा व्यापार पुनः सञ्चालन गर्न सहमत भएका छन्’ विज्ञप्तिको नवौँ बुँदामा भनिएको छ।

लिपुलेक नेपालको भूभाग हो, जसको उत्तरतर्फ चीनको तिब्बत क्षेत्र छ। नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूमि मान्दै चुच्चे नक्सा सार्वजनिक गरिसकेको छ। अहिलेका प्रधानमन्त्री ओली यसअघि प्रधानमन्त्री हुँदा उक्त नक्सा जारी भएको थियो।

तर भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडक निर्माण गरी सैन्य गतिविधि र संरचना विस्तार गरिरहेको छ।

लिपुलेक नाका भारतको राजधानी दिल्लीबाट चीन प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग हो। विगतमा पनि यी दुवै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu