ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी पुस्ताको प्रदर्शन आज


एबीसी न्यूज
२३ भदौ २०८२, सोमबार   ७ : ०७   बजे


काठमाडौं, २३ भदौ । जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ ।

तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह तयारीमा जेनजी लागेका हुन् । सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।

सरकारले अचानक सामाजिक सञ्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको जेनजी पुस्ताको दाबी छ ।

सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरूले सरकार विरुद्ध स्वतः स्फूर्त प्रदर्शनको घोषणा गरेका छन् ।

सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले प्रदर्शनको घोषणा गरेका हुन् ।

जेनजीको प्रदर्शनलाई कलाकार, कन्टेन्ट क्रियटर्सलगायतले साथ दिएका छन् । टिकटकलगायतका प्लेटफर्म धेरै फ्लोवर्स भएका प्रयोगकर्ताले राजनीतिकरण हुन नदिन पनि अपिल गरिरहेका छन् ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी सोमबार ९आज० देखि भ्रष्टाचार र अन्यायविरुद्ध सडकमा उत्रिने घोषणा गरेको छ ।

जेनजी पुस्ताले विद्रोह केवल सरकार बदल्ने होइन, सम्पूर्ण राजनीतिक व्यवस्था बदल्ने प्रदर्शन भएको दाबी गरेको छ ।

विद्रोहको मूल लक्ष्य नेपालको सम्पूर्ण ध्यान विकास र तीव्र आर्थिक वृद्धिमा केन्द्रित गराएर केही दशकभित्रै नेपाललाई विश्वका उन्नत राष्ट्रहरूको पंक्तिमा उभ्याउने रहेको उल्लेख छ ।

“अब हामी चुप बस्दैनौं , डराउँदैनौं , हामी झुक्दैनौं , अब हामी उठ्छौं , भदौ २३ गते जनताको ज्वालामुखी सडकमा फुट्नेछ,” जेनजीको वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group