ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक वार्ता र संकटकालको तयारी सँगसँगै


एबीसी न्यूज
२७ भदौ २०८२, शुक्रबार   ७ : ५५   बजे

काठमाडौं २७ भदौ । जेन–जी आन्दोलनको मागअनुसार अन्तरिम सरकार बनाउने वार्ता जारी रहँदा संकटकाल लगाउने तयारी पनि भइरहेको छ । राष्ट्रपति र आन्दोलनकारी समूहबीच वार्ता टुंगो नलागेर तत्काल नयाँ सरकार गठन हुन नसकेमा संकटकाल लगाउने प्रस्ताव सेनाले प्रस्तुत गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । संकटकाल टार्न छिटोभन्दा छिटो निष्कर्षमा पुग्न राष्ट्रपतिले अधिकतम प्रयास गरिरहेको शितलनिवासको दाबी छ । ‘जेन–जी प्रतिनिधिका सबैजसो मागसँग राष्ट्रपति सहमत हुनुभएको छ । अब संविधानको संरक्षण गर्ने दायित्व पूरा गर्न संविधानको धारा ६१ ९४० प्रयोग गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने, नयाँ मन्त्रिपरिषद्को सिफारिशमा नयाँ निर्वाचनको घोषणा गर्ने प्रस्ताव राष्ट्रपतिको छ । नयाँ निर्वाचन घोषणा भएपछि संसद् स्वतः भङ्ग हुने राष्ट्रपतिको भनाइ छ,’ शीतल निवासका एक अधिकारीले भने ।राष्ट्रपतिले यो प्रस्ताव राख्नुअघि प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग परामर्श गरेका थिए । त्यसरी गएमा संवैधानिक र कानुनी रूपमा चुनौती नहुने उनीहरूको सुझाव रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रपतिको प्रस्ताव राजनीतिक दल, सेना र कोर्टले मानेको छैन। तर संसद् विघटन

हामी नेपाल संस्थाका अध्यक्षसमेत रहेका जेन(जी अगुवा सुदन गुरुङले आफूहरू संसद् विघटनको अडानमा यथावत रहेको बताए । विघटन नगर्दा पुरानै नेतृत्व आउने खतरा रहेको उनको भनाइ छ । राष्ट्रपतिसँग आफूहरूले सिधा कुरा गर्न नपाएको उल्लेख गर्दै उनले भने, ुराष्ट्रपतिका सचिव र कानुनविद्सँग कुरा भयो । मैले उहाँहरूसँग मैले डिरेक्ट्ली कुरा गर्ने भनेको प्रेजिडेन्टसँग हो, बाँकी तपाईंहरूलाई चिन्दिनँ । प्रेजिडेन्टलाई लिएर आउनुस् भनेँ । म मेरो जेन(जी टिमबिना तपाईंहरूसँग वार्ता गर्दिनँ भनेँ ।ु त्यस्तै शुक्रबार अन्तरिम प्रधानमन्त्रीमा सिफारिस सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच कुराकानी नभएको पनि उनले बताए ।तर प्रधानमन्त्रीका रूपमा प्रस्तावित सुशीला कार्कीले भने जेन(जी आन्दोलनको जनादेशअनुसार संसद् विघटन नभएसम्म प्रधानमन्त्री नियुक्त नहुने अडान लिएकी छन् । ‘पहिले संसद् विघटन होस्, प्रधानमन्त्री नियुक्त गरियोस् । नयाँ सरकारले निर्वाचनको घोषणा गर्छ र सरकारले आफ्नो दायित्व पूरा गर्दै जान्छ, आन्दोलनको जनादेश यही हो भनेर उहाँहरुले अडान राख्नुभएको छ । यो बीचमा सहमति निकाल्ने प्रयास जारी छ,’ शीतल निवासको भनाइ छ ।उता सेनाले भने यस्तो अव्यवस्थामा लामो समय जान नसकिने भएकाले संकटकाल लगाउने विकल्प राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ ।
‘सेनाले शान्ति सुरक्षको जिम्मा लिएको छ । तर सरकारविहीनताको अवस्था लम्बियो भने शान्ति सुरक्षा कायम गर्न सकिँदैन । त्यस्तो अवस्थामा संकटकाल लगाउनुपर्छ, राष्ट्रपतिज्यूले लेखेर दिनुपर्‍यो, आज साँझसम्म पनि सहमति नभएका पर्खन सकिँदैन भनेर सेनाले प्रस्ट भनेको छ,’ एक सैनिक अधिकारीले भने ।
मंगलबार केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै राजनीतिक दलका नेताहरूले आफूहरू सरकारमा नजाने तर सरकार संसद्‍मा नजाने प्रस्ताव राखेका थिए । जसलाई आन्दोलनकारी समूहले सिधै अस्वीकार गरेको थियो । त्यसपछि कार्कीलाई संसद् सदस्य बनाएर प्रधानमन्त्री बनाउने विकल्पमा पनि बिहीबार रातभर छलफल भएको थियो । तर, अब पहिले संसद् विघटन गर्ने कि सरकारले निर्वाचन घोषणामार्फत संसद् विघटन गर्ने भन्ने विषय अहिले पेचिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group