ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमतका वरिष्ठ उपाध्यक्षसहित ६ जनाको राजीनामा : नेतृत्वले अहङ्कार देखाएको गुनासो


abc news
२ आश्विन २०८२, बिहिबार   २ : ५५   बजे

काठमाडौ २ असोज । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिनुभएको छ । नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज ९सुदूरपश्चिम प्रदेश० राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिनुभएको हो ।

उहाँहरुले हिजो पार्टी अध्यक्ष डा। चन्द्रकान्त राउत र सङ्गठन विभाग डा। जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गर्नुभएको थियो । माग पूरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

संयुक्त राजिनामापत्रमा देशको विषम परिस्थितिमा पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटम दिदा अपहेलना गरी अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरेकाले आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई कारबाही गर्न संसदीय दलले पार्टीमा सिफारिस गरेको छ । अनुशासन पालना नगरेकोले कारबाही गर्न आज पार्टीमा सिफारिस गरेको जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महे प्रसाद यादवले जानकारी दिनुभयो ।

जेन जी आन्दोलनको दोस्रो दिन फेसबुकमार्फत राजिनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक राजीनामा नदिएको विषयमा पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको थियो । सिंहले राजिनामा घोषणा गरेपनि प्रदेशसभा विघटन नभएपछि पद नछोड्ने अडान लिनुभएको छ ।

पार्टीको पत्र अनुसार जनमत पार्टीबाट वन तथा वातावरण मन्त्री रहेका सञ्जय यादव र उद्योग, वाणज्यि तथा पर्यटनमन्त्री वसन्त कुशवाहाले राजीनामा दिइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group