ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पत्तिको विध्वंश गरेर विकास हुँदैनः विद्यादेवी


एबीसी न्यूज
३ आश्विन २०८२, शुक्रबार   ८ : ४४   बजे

काठमाडौं, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको टिप्पणी गरेकी छन्।

जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी शुक्रबार उनले यस्तो बताएकी हुन्। उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको धारणा पनि राखिन्।

शान्तिपूर्ण ढंगले आफ्ना माग राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेनजीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको भन्दै उनले यसबारे राम्रोसँग अध्ययन हुनुपर्नेमा जोड दिइन्।

राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास नहुने उनको जिकिर थियो।

उनले भनिन्, ‘नेपाल प्रहरीको ठूलो क्षति भएको छ। यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरूलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनुपर्छ, २३ गतेको घटना सामान्य रूपमा हेरेको हो। नयाँ पुस्ता, जसलाई जेन जीको रूपमा परिभाषित गरेका छन्, उहाँहरू शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो। त्यो स्थिति रहेन। उहाँहरूले पनि प्रशासनसँग शान्तिपूर्ण रूपमा प्रदर्शन गर्छौं भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन। तर जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो। यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ। जे भयो, यो एकदमै गलत भयो। शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरूप्रति कसरी प्रहारहरू भयो, त्यो पनि बुझ्नुपर्छ। कतापट्टिबाट सुरु भयो भन्ने कुरा। कसरी अचानक रूपमा आयोरु राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास चाँडै हुँदैन।’

उनले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताउँदै आवेग, उत्तेजनाभन्दा माथि उठेर राष्ट्रिय भावना र सर्वोपरि हित हुने गरी काम गर्नुपर्ने बताइन्। बदला र प्रतिशोधमा कोही जान नहुने उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group