ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्तिक कृष्ण औँसी, आज छैन तिहारको कुनै पनि पर्व


एबीसी न्यूज
४ कार्तिक २०८२, मंगलबार   ७ : २७   बजे

काठमाडौं, ४ कातिक । कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन।सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार राति ९साँझ० नै लक्ष्मीपूजा गर्न पञ्चाङ्ग निर्णायक समतिले निर्देश गरेको थियो। त्यसैले धेरैले मंगलबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरे। मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन्। यस्तै काठमाडौँ उपत्यकाका नेवार समुदायमध्ये कतिपयले सूर्योदय हुँदाकै तिथिमा कर्म गर्ने भन्दै मंगलबार नै लक्ष्मीपूजा गर्ने भएका छन्। यता भक्तपुर नगरपालिकाका नेवार समुदायले भने कार्तिक कृष्ण प्रतिपदामा गरिने कर्म म्हपूजा (आत्मपूजा) मंगलबार गर्दैछन्। समितिबाट सिफारिसप्राप्त पात्रोमा ४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ। त्यसपछि प्रतिपदा तिथि लाग्छ। बेलुकी नै गर्ने कर्म भएकाले म्हपूजा प्रतिपदामै मंगलबार गर्ने भक्तपुर नगरपालिकाले बताएको छ। तलेजुका पुजारी, ज्योतिषी र विज्ञको छलफलपछि नगरपालिकाले सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार किजा(भाइ) पूजा गर्ने निर्णय गरिएको थियो। समितिले भने म‌ंगलबार तिहारअन्तर्गतका कुनै पनि कर्म गर्न नसकिने बताएको छ। बुधबार नै गाई–गोरुपूजासहित गोवर्धनपूजा गर्न निर्देश गरेको समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले बताए। यस्तै नेपाल संवतको नयाँ वर्षसँगै म्हपूजा पनि बुधबार नै परेको उनले जानकारी दिए। ‘आज ९मंगलबार० तिहारका कुनै पर्व परेको छैन। औँसी भएकाले केवल पितृकार्य मात्र गर्न सकिन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group