ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन


एबीसी न्यूज
१८ कार्तिक २०८२, मंगलबार   ७ : ३७   बजे

काठमाडौं, १८ कात्तिक । वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई कात्तिक २०गतेभित्र मन्त्रालयमा हाजिर हुन पत्र पठाएको छ।
सरकारले राजदूतहरूलाई फिर्ताका लागि निर्णय गरेपछि सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो। सर्वोच्चको उक्त आदेशसँगै प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्रीको हैसियतमा ती राजदूतहरुलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी हुन्।अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि कार्कीले नै लिएकी छन्। परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा हाजिर भई कामकाज गर्नेगरी फिर्ता हुन पत्र पठाइएको जानकारी दिए। असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्रमा फर्किसक्न ११ देशका राजदूतलाई निर्देशन दिएको थियो।
तर सरकारको यो निर्णय बदर गर्न माग गर्दै परेका रिटमा न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। यस्तै सर्वोच्चले एकैमितिमा सिफारिस भई नियुक्त भएका १७ जना आवासीय राजदूतहरुमध्ये ११ जनालाई मात्रै छनोट गरी पदमुक्त गरी फिर्ता बोलाउने निर्णय आवश्यकता र औचित्य समेत पुष्टि हुन नसक्ने भनेको छ।राजदूत नियुक्ती सम्बन्धी निर्देशिकामा राजदूतको पदावधि नियोगमा हाजिर भएको मितिले ४ वर्षको हुने व्यवस्था छ। तर नेपाल सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने व्यवस्था पनि छ।२०८१ साउन १४ गते तत्कालीन मन्त्रिपरिषद्बाट सिफारिस भई १७ देशका राजदूत नियुक्त भएका थिए। चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नियुक्त राजदूतहरू फिर्ता बोलाउने निर्णय भएको थियो। तर अस्ट्रेलिया, भारत, डेनमार्क, श्रीलंका, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा कार्यरत राजदूतहरुलाई भने यथावत राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group