ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमान्डु चौथो जितपछि प्लेअफ नजिक, कर्णालीलाई गाह्रो


एबीसी न्यूज
१४ मंसिर २०८२, आइतबार   ७ : ३४   बजे

काठमाडौं, १४ मंसिर । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ ।लिगमा चौथो जित हात पार्दै ८ अंक जोडेको काठमान्डु अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै प्लेअफ नजिक पुगेको छ । ६ खेल खेलेको काठमान्डुले ४ जित र २ हारको नतिजा निकालेको हो ।विराटनगर किंग्ससँग समान अंक भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ ।उता पाँच खेलमा चौथो हार व्यहोरेको कर्णालीको भने प्लेअफ सम्भावना कमजोर बनेको छ ।जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्णाली दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनाउँदै पूरा गरेको हो ।काठमान्डुका लागि जेरार्ड एरसामसले ३३ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ४३ रन बनाए । यस्तै सिम्पसनले २१ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन योगदान गरे । एरसामस र सिम्पसनले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।बलिङतर्फ कर्णालीका नन्दन यादवले ३ तथा पवन सर्राफले एक विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सनले २२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन जोडे । अन्तिम ३ बल नन्दन यादवले खेल्दा गुल्सन अर्धशतक जोड्नबाट बन्चित भए ।यस्तै पवन सराफले २८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३५ र मार्क वाटले २५ बलमा ३० रन जोडे । गुल्सन र दीपक डुम्रेले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । कर्णाली १५ ओभरमा ९१र६ को अवस्थामा थियो । त्यसपछि कर्णालीले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो ।बलिङमा काठमान्डुका रासिद खानले २ तथा कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बहुमतको अहंकारले सरकारलाई शासकीय अराजकतामा पुर्यायो : गगन थापा

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu